स्मेराले जितिन् ताजसहित ५० हजार
screennepal
प्रकाशित: २०७१, ११ माघ आईतवार
no img

 काठमाडौं । जेम्स स्कुलमा कक्षा ६ मा अध्ययनरत स्मेरा सिंहले ‘लक्ष्मी स्टिल राइजिङ स्टार –२०७१’ को उपाधि जितेकी छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार सम्पन्न प्रतियोगितामा सिंहले उपाधिसँगै ५० हजार रुपैयाँ, ट्रफी, मोबाइलसेट तथा विभिन्न उपहार पनि जितिन् । आफ्ना ४४ स्पर्धीलाई पछि पार्दै उनले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।

rising star

प्रतियोगितामा जेम्स स्कुलकै युजशा घिमिरे सिनियरतर्फ ‘फस्ट रनरअप’ र जुनियरतर्फ लिटिल एञ्जलकी अंशु बस्नेत ‘फस्ट रनरअप’ भइन् । दुवैले विभिन्न उपहार पाए भने ‘सेकेण्ड रनरअप’को उपाधि सिनियरतर्फ कमलनेत्र स्कुलकी आँचल धामी र जुनियरतर्फ लिटिल एन्जल स्कुलकी भूमी श्रेष्ठले हासिल गरिन् । क्रियटिभ वल्र्ड नेपालद्धारा आयोजित राइजिङ स्टारका निर्णायकमा चलचित्र निर्देशक रबीराज अर्याल, नृत्य निर्देशक शंकर विसी र सुमनसागरजंग केसी, गायक निर्णय श्रेष्ठ, संगीतकार शिखर सन्तोष, सञ्चारकर्मी अशोक प्यासी राई र ब्युटिसियन सिता पाठक थिए ।
जाडो बिदामा बसेका बालबालिकाको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष शान्तिराम राईले बताए । कार्यक्रममा विभिन्न २४ विधामा पनि टाइटल उपाधि प्रदान गरिएको थियो । जसअन्तर्गत ‘फोटोजेनिक अवार्ड’ जुनियरबाट सुदँजु थापा र सिनियरबाट अनुसा राईले, ‘डिसिप्लेन अवार्ड’ जुनियरबाट आर्या श्रेष्ठले र सिनियरबाट मृदुस्फिता शर्माले, ‘क्युट चाईल्ड अवार्ड’ जुनियरबाट दृष्य श्रेष्ठ र सिनियरबाट कृष्चला कर्माचार्यले, ‘इन्टेलीजेन्ट अवार्ड’ जुनियरबाट लुना भट्टराई र सिनियरबाट करुणा राईले, ‘कन्फिडेन्स अवार्ड’ जुनियरबाट सोनियाँ बज्राचार्य र सिनियरबाट अञ्चल धामीले जिते ।
यस्तै ‘मोस्ट सिन्सियर अवार्ड’ जुनियरबाट मार्टिना राईले सिनियरबाट रश्मी अधिकारीले, ‘स्मार्ट चाइल्ड अवार्ड’ जुनियरबाट स्मेरा सिंह र सिनियरबाट निङमा मोक्तानले, ‘हेण्डसम अवार्ड’ जुनियरबाट सायोन उप्रेती र सिनियरबाट निश्चल पौडेलले, ‘व्युटिफुल अवार्ड’ जुनियरबाट प्रिया राई र सिनियरबाट ऋतिका भट्टले हाँसिल गरे । यस्तै ‘मोस्ट चार्मिङ अवार्ड’ जुनियरबाट रिजा राजभण्डारी र सिनियरबाट भूविना सुनुवारले, ‘बेस्ट क्याटवाक अवार्ड’ जुनियरबाट अन्सु बस्नेत र सिनियरबाट सोनी तिलिजाले, ‘बेष्ट पर्सनालिटी अवार्ड’ जुनियरबाट सफर बासु र सिनियरबाट क्षितिज परियारले, ‘बेष्ट पर्फमेन्स् अवार्ड’ जुनियरबाट अभिबृद्धि अधिकारी र सिनियरबाट माधवी लामाले हाँसिल गरे ।
‘पपुलर अवार्ड’ जुनियरबाट स्मेरा सिंह र सिनियरबाट क्रिष्चला कर्माचार्यले, ‘सोसियल सर्भिस अवार्ड’ जुनियरबाट आध्या पोखरेल र सिनियरबाट युजसा घिमिरेले, ‘ओवेडियन अवार्ड’ जुनियरबाट डेभिड राई र सिनियरबाट प्राश्ना राईले, ‘हेल्पफुल अवार्ड’ जुनियरबाट एँजिला ओजस्वी र सिनियरबाट मुनाल भारतीले पाए । यस्तै ‘बेष्ट ड्रेस अवार्ड’ जुनियरबाट सफर बासु र सिनियरबाट मृदुस्फिता शर्माले र ‘ट्यालेन्ट अवार्ड’ जुनियर तर्फ सयोन उपाध्यय र सिनियर तर्फ मुनाल भारतीले हाँसिल गरे । सो प्रतियोगितामा उत्कृष्ट अभिभावकको अवार्ड जुनियरतर्फ स्मेरा सिंहकी अभिभावक सुदर्शनमान सिंह÷मेरिना सिंह तथा जुनियर तर्फ प्रीया राईका अभिभावक अरुणकुमार राई÷शान्ती राईले प्राप्त गरे । कार्यक्रममा ‘बेस्ट हेयर’ उपाधि जुनियरबाट भूमि श्रेष्ठ र सिनियरबाट चाहना राईले, ‘बेस्ट स्किन’को उपाधि जुनियरबाट प्रिया राई र सिनियरबाट सुम्निमा राईले, ‘बेस्ट स्माईल’को उपाधि जुनियरबाट पुजा पुलामी र सिनियरबाट अनिषा भट्टराईले, ‘फ्रेन्डसिप अवार्ड’ जुनियरबाट सुहाना राई र सिनियरबाट युजसा घिमिरेले, ‘मोस्ट हेल्दी अवार्ड’ जुनियरबाट अध्याय पोखरेल र सिनियरबाट प्रतीक्षा राईले पाए ।

Comments