फेसन कार्यशालामा नेवा: सुन्दरी
screennepal
प्रकाशित: २०७१, ९ माघ शुक्रबार
no img

‘एईसीसी ग्लोबल मिस नेवाः ११३५’ का प्रतिस्पर्धीहरु शुक्रबार फेसनबारे एक कार्यशाला गोष्ठीमा सहभागी भए । फेसन डिजाइनिङको क्षेत्रमा अध्यापन गराउँदै आएको ‘आईइसी कलेज’ले उनीहरुलाई फेसन कार्यशाला गराएको हो ।
image2

व्यक्तित्वका लागि पोशाक’ शिर्षकमा आयोजित कार्यशालामा सहभागी नेवा सुन्दरीलाई उमेर समूह, उचाइ र पहिरनको रंगबारे जानकारी गराउनका साथै विभिन्न स्थान र समयमा पहिरनको प्रयोग तथा महत्वबारे पनि जानकारी गराइएको थियो । कार्यशालामा सहभागीहरुलाई कलेजको फेसन विभागकी अनिता श्रेष्ठले समयानुकुल कस्तो परिहन लगाउने भन्नेबारे जानकारी गराएकी थिइन् । इभेन्ट, चाडपर्व तथा विभिन्न सेमिनारमा लगाइने फेसनको महत्वबारे सहभागी नेवा सुन्दरीले चासोका साथ कार्यशालामा सहभागी भएका थिए ।

image3

नेप्लीज फेसन होमद्वारा आयोजित ‘मिस नेवा’को यस १०औं संस्करणका प्रतियोगीका लागि आईइसी कलेजले विशेष प्रकारको पहिरन उपलब्ध गराउने जनाएको छ । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि हाल कोरियोग्राफरदय रोजिन शाक्य र रोहिया महर्जन एवम् भाषा प्रशिक्षक मिस नेवा सुनिता डंगोलले प्रशिक्षण गरिरहेका छन् । प्रतियोगिताको अन्तिम स्पर्धा १८ फागुनमा राजधानीमा हुँदै छ ।

Comments