प्रेम दिवशमा दर्शकलाई सीमाको भिडियो (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, ९ माघ शुक्रबार
no img

काठमाडौं । युवापुस्ताले प्रेम दिवशका रुपमा लिएको ‘भ्यालेनटाइन डे’ आउन धेरैदिन छैन । १४ फ्रेबुअरीलाई संसारका युवाले प्रणय दिवसका रुपमा लिँदै आएका छन् । गायक÷गायिकाले समेत प्रेम दिवशको अवसरमा प्रेमका गीत बजारमा ल्याउने गरेका छन् । यस्तै, गत वर्ष गायिका सीमा शाहले ‘भ्यालेनटाइन डे’कै अवसरमा ‘कसरी बोलाऊँ मायालुलाई’ बोलको गीत गाइन् । सोही गीतको भिडियो यसपटकको भ्यालेनटाइनका लागि उनले श्रोता÷दर्शकमाझ प्रस्ुतत गरेकी छन् ।

sema shaha

Seema Shaha, Singer

सीमाको प्रेम पीडालाई मोडल नम्रता सापकोटा र पूजन राईले स्किनमा पोखेका छन् । दरबारमार्गको एक क्याफेमा छायांकन गरिएको सो भिडियो दर्शकले निकै रुचाएको गायिका सिमाको भनाइ छ । यो सीमाको दोस्रो म्युजिक भिडियो हो । यस भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=9C4izSICWZU

Comments