‘मिस टिन एजर इन्टरनेशनल’ का लागि ३२ भिड्दै
screennepal
प्रकाशित: २०७१, ३ माघ शनिबार
no img

 काठमाडौं । सौन्दर्य प्रतियोगिताको भीडमा अर्को पनि थपिएको छ । युहान इन्टरनेशनल ईभेन्टस् प्रालिले ‘मिस टिन एजर इन्टरनेशनल नेपाल’ नाम दिएर अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा १४ देखि २० वर्ष उमेर समूहका युवतीलाई सहभागी गराइएको छ ।

a2
प्रतियोगिताको पहिलो संस्करणका ३२ युवती छनोट भएका छन् । ‘मिस टिन एजर अन्तर्राष्ट्रिय नेपाल–२०१५’ का देशको विभिन्न स्थानबाट आवेदन दिएकामध्ये अडिसनमा ३२ जना छनोट भएको आयोजकले जनाएको छ । प्रतियोगीहरु करिब एक महिने प्रशिक्षणपश्चायत माघ अन्तिम साता राजधानीमा अन्तिम स्पर्धाका लागि उत्रनेछन् । टिन एजर्स युवतीहरुलाई शिक्षामा जागरुक तथा अन्तर्राष्ट्रिय प्लेटफर्म दिने उद्देश्यले ‘मिस टिन एजर इन्टरनेशनल नेपाल’ प्रतियोगिता सुरु गरेको आयोजक संस्थाकी अध्यक्ष सुञ्जिता श्रेष्ठले बताइन् ।

a
‘नारीहरुलाई पनि शिक्षा क्षेत्रमा अग्रसर गराउनुपर्छ’ उद्देश्यल प्रतियोगितामा सुरु गरिएको कार्यक्रम संयोजक विनयकुमार श्रेष्ठले बताए । ‘हाम्रो विशेष लक्ष्य शिक्षा हो’ उनले भने, ‘अन्य थुप्रै सौन्दर्य प्रतियोगिता भएपनि शिक्षामा जोड दिइएको पाइएको छैन । उनीहरुलाई ग्ल्यामरस क्षेत्रमै सिमित गरिएको छ ।’
शिक्षा क्षेत्र लक्षित भएकाले प्रतियोगिताको शिर्ष विजेतालाई प्लस–टु वा उच्च शिक्षाका लागि ‘फूल स्कलरशीप’ प्रदान गरिने युहान ईभेन्टस्का प्रबन्ध निर्देशक सानु खानले बताए । उनले भने, ‘हाम्रो प्रतियोगिताको लक्ष्य सबैलाई शिक्षा भन्ने हो ।’ उनका अनुसार ‘मिस टिन इन्टरनेशनल नेपाल’ को उपाधि विजेताले ‘मिस टिन इन्टरनेशनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ ।

Comments