‘द भाइब्स’को ‘को हुँ म’ (सातौं भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, २५ पुष शुक्रबार
no img

काठमाडौं  । नेप्लीज अमेरिकन रक व्याण्ड ‘द भाइब्ज’ ले आप्mनो दोस्रो एलबम ‘को हुँ म’ टाइटल ट्रयाकमाथि म्युजिक भिडियो निर्माण गरेको छ । अमेरिकामा समेत चर्चित यस ब्यान्डले म्युजिक भिडियोमा प्रायः नयाँ र अनौठो प्रयोग गर्दै आएको छ । यसैक्रममा यसपटक पनि नयाँपन दिन खोजिएको व्याण्डले जनाएको छ ।

band_profile
‘को हुँ म’ गीतको भिडियोमा ४२ जनालाई मोडल प्रस्तुत गरिएको छ । भिडियोमा विभिन्न उमेर समूह र वर्गका नेपाली तथा अमेरिकी मोडल आउँदैजाँदै गर्छन् । हरेक मानवले आप्mनो पहिचान र अस्तित्व खोजी गर्ने विषयमाथि बनाइएको भिडियोको ९५ प्रतिशत छायाँकन अमेरिकामै गरिएको ब्यान्डले जनाएको छ । व्याण्डका भोकलिष्ट प्रइन सिंह, गितारिस्ट रुपक लामा तथा अन्य नेपाली तथा अमेरिकी मोडलको छायांकन अमेरिकाको सान फ्रान्सिस्कोमा गरिएको छ भने नेपालमा रहँदै आएका व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठको अंश काठमाडौंमै छायांकन गरिएको छ ।
अमेरिकामै जन्मेको ‘द भाइब्ज व्याण्ड’ ले आप्mनो पहिलो एलबमस्वरुप गत वर्ष ‘द भाइब्ज जेनेरेशन’ नामक एल्बम बजारमा ल्याएको थियो । नेपाली रक संगीतको क्षेत्रमा चर्चा कमाउन सफल उक्त एल्बमको ‘थाकी सके गोडा हात’ बोलको गीत र त्यसको म्युजिक भिडियोले छोटो समयमै लोकप्रियता हासिल गर्न सफल भएको थियो ।
अहिले सार्वजनिक गरेको म्युजिक भिडियो व्याण्डको सातौं म्युजिक भिडियो हो । व्याण्डले यसअघि पहिलो एल्बमको ‘थाकी सके गोडा’ हात’, ‘खै के भो’, ‘त्यही पल’ र ‘आमा’ बोलको गीतको म्युजिक भिडियो आप्mना शुभचिन्तक र प्रशंसाकका पस्किसकेका छन् । एल्बम ‘को हुँ म’ को ‘फसेँ म’ र ‘हाम्रो तारा’ बोलको गीतको म्युजिक भिडियो पनि उनीहरुले ल्याइसकेका छन् ।
व्याण्डका सदस्य प्रायः अमेरिकामै रहेकाले अमेरिकामै बढी उनीहरुको सक्रियता छ । यसका बाबजुद व्याण्डले गतवर्ष ललितपुरस्थित पाटन दरबारमा ‘चुज अर लुज’  नामक रक कन्सर्ट गरेर थप लोकप्रियता पाएको थियो । यस ब्यान्डले एल्बम ल्याएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड पाएको थियो ।

Comments