विमोचनमा पत्रकारलाई सम्मान
screennepal
प्रकाशित: २०७१, १२ पुष शनिबार
no img

काठमाडौं । सानैदेखि गीतकार बन्ने सपना देख्दै आएकी सीता शेरचनको बल्ल इच्छा पूरा भएको छ । गीति एल्बम ‘परदेशी मन’मार्फत उनले रहर पूरा गराएकी हुन् । सीताको पहिलो एल्बमको ‘परदेशी मन’ शुक्रबार साँझ राजधानीबाट प्रसारण हँुदै आएको ब्रिटिस फोर्सेस् बोेर्डकास्टिङ सर्भिस् ‘बीएफबीएस’ रेडियोबाट विमोचन गरिएको छ । सो अवसरमा विभिन्न पत्रकारलाई सम्मानसमेत गरिएको थियो ।

bimochan Photo
बरिष्ठ संगीतकार अम्बर गुरुङको आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल समाचारपत्रका विदुर गिरी, राजधानी दैनिकका डब्बु क्षत्री र साप्ताहिकका कृष्ण भट्टराईलाई जनही ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको हो । लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको गीतकार सीताले बताइन् । अभिनेता तथा सञ्चारकर्मी सरोज केसीद्वारा सञ्चालित कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका गुरुङले पत्रकारत्रयलाई सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा गुरुङले गीतकार सीता शेरचनको एल्बम ‘परदेशी मन’ को विमोचन गरेका थिए । गुरुङले विमोचित एल्बमकी स्रष्टा सीताको प्रतिभाको चर्चा गर्दै निरन्तरता र सफलताका लागि शुभकामना दिएका थिए । रेडियोको काठमाडौंिस्थत स्टेसन मेनेजर विनोदध्वज खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा गीतकार शेरचनले परदेशमा हुँदा विभिन्न भावलाई गीतमा तयार पारेको सुनाइन् ।
करिब २२ वर्षदेखि बेलायत बस्दै आएकी गीतकार सीताको एकल रचना रहेको एल्बममा अधुरो मायासँगै, लुकाएर आँशु, हाँस्नु पर्दा, खुटुमा खुटु बाडुली, मलाई हेर्ने आकाशमा बोलका गीत रहेका छन् । ती गीतमा ताराप्रकाश लिम्बु, शिखर सन्तोष र अर्जुन सुनामको संगीतको रहेको छ । एल्बममा रजिना रिमाल, प्रमोद खरेल, अञ्जु पन्त र अर्जुन सुनामले गाएका छन् । कार्यक्रममा गायिका रजिना रिमालले विमोचित एल्बमको एक गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् । यसै कार्यक्रममा सीताले कपनस्थित संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तीलबहादुर कार्कीलाई नगद २१ हजार १ सय रुपियाँ सहयोग उपलब्ध गराएकी थिइन् ।

Comments