काठमाडौ । राजधानीको कालिकास्थानस्थित सर्वनाममा शनिबार ‘नेपाल अन्तर्राष्ट्रिय नृत्य तथा संगीत महोत्सव’ आयोजना गरिएको छ । सर्वनाम थिएटर काठमाडौ र इण्डिया थिएटर ओलम्पीयाड कटकको सयुक्त आयोजनामा भएको महोत्सवमा भारतका ओडीसा, गुजरात, महाराष्ट्र, मनिपुर, मध्यप्रदेशको इम्फाललगायतका करिब ५० समुहले बेग्लाबेग्लै प्रस्तुति पस्केका छन् ।
‘नेपाल अन्तराष्ट्रिय नृत्य तथा संगीत महोत्सव–२०१४’ नाम दिइएको महोत्सवमा सहभागी कलकधारले कथ्थक, फोक, क्लासिकल, सेमी क्लासिकल, बेलीजस्ता नृत्य देखाएका थिए भने, लोक गायन प्रस्तुतीसमेत देखाइएको थियो ।
यस्ता किसिमको महोत्सवले कला संस्कृतिको क्षेत्रमा नेपाल– भारतबीचको सामीप्यता बढ्ने विश्वास आयोजकले गरेको छ । नेपाल र भारतबीच सामाजिक रहनसहन तथा सांस्कृतिक पक्षसमेत खाशै भिन्न नभएकाले जानकारीका लागि महात्सवको थालनी गरिएको सर्वनामले जनाएको छ । लोकसंगीत तथा नृत्य महोत्सवले पूर्वीय संस्कृति, धर्म र कला सम्पदाको विकासमा समेत नेपाल–भारतबीच योग्दान आयोजकको दावी छ ।
अन्तर्राष्ट्रिय तहमा संस्कृति, कला कल्पनाशीलता र समन्वयको विकास गर्नु महोत्सवको उद्देश्य रहेको जनाइको छ । यस महोत्सवले विभिन्न सिर्जनशील कला अभिव्यतिm तथा कला समृद्घिका विकल्पलाई प्रवद्र्घन गर्ने र दुई देशबीचको सम्बन्धमा सदभाव, अखण्डता र भाइचाराको भावनालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।