‘कारण’ खोज्दै आए माइकल
screennepal
प्रकाशित: २०७१, ११ पुष शुक्रबार
no img

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अर्का ‘माइकल’ उदाएका छन् । किरण माइकल संगीत क्षेत्रमा स्थापित हुने क्रममा रहेकैबेला सुजन ‘माइकल’ श्रेष्ठले गायनमा पर्दा खोलेका हुन् । हलिउड पप गायक माइकल ज्याक्सनबाट प्रभावित भएर आफ्नो नाममा ‘माइकल’ जोडेका बताउँने सुजनले ‘कारण’ नामक गीति एल्बम श्रोतामाझ प्रस्तुत गरेका छन् ।

vedio Realese
सबिज मिडियाले प्रस्तुत गरेको एल्बमको शीर्ष गीत ‘कारण’ को म्युजिक भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । शैलेन्द्र खोखाली र ¥यापर तथा गायक निर्णय श्रेष्ठले निर्देशन गरेको सो म्युजिक भिडियोमा नायिका हर्षिका श्रेष्ठ र गायक सयंमले मोडलिङ गरेका छन् । कल्याण सिंहको शब्द तथा संगीत रहेको ‘कारण’ मा मायामा कारण खोजिएको छ भने म्युजिक भिडियो चलनचल्तीभन्दा फरक ढंगले निर्माण गरिएको छ ।
निर्देशक खोखालीका अनुसार उक्त म्युजिक भिडियो एउटै कोठमा छायांकन सकिएको छ । हलिउड र बलिउडतिर क्रोमो गर्ने क्रम बढिरहेका बेला ‘ट्राई’का लागि एउटै कोठमा छायांकन सकाएको अर्का निर्देशक निर्णयले बताए । तर, सो भिडियोमा क्रोमो भनेर गरिएको छैन । यस म्युजिक भिडियोलाई सोमबारदेखि सबै मिडियामा रिलिज गरिने निर्देशक खोखालीले बताए ।

Comments