म्याडोनाको फ्यानलाई ‘क्रिसमस उपहार’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, ८ पुष मंगलवार
no img

लस एन्जलस । हलिउड पप स्टार म्याडोनाले आफ्नो नयाँ एल्बम ‘रिबेल हर्ट’ को डेमो लिक भएपछि एकैरातमा ६ गीत रिलिज गरेकी छन्, जसलाई उनले आफ्ना फ्यानलाई ‘क्रिसमसको गिफ्ट’ बताएकी छन् ।
उनी तत्काल गीत रिलिज गर्ने सोचमा थिइनन् । तर, नचाहेरै पनि डेमो लिक भएपछि ६ वटा गीत एकसाथ रिलिज गरेकी म्याडोनाले भनिन्, ‘यो मेरो फ्यानलाई क्रिसमसको गिफ्ट हो ।’ वेबसाइट ‘मिरर डटकोडट युके’ का अनुसार म्याडोनाको एल्बम नै भने आउँदो मार्चमा रिलिज हुनेछ ।

madona
कसैले अहिले नै म्याडोनाले आफ्नो गीत रिलिज गर्छिन भन्ने कसैले सोचेकै थिइनन् । यतिचाहिँ पक्का थियो कि, यसपटकको क्रिसमसमा उनले केही नयाँ काम गर्नेछिन् । तर, क्रिसमस आउन केही दिनअघि नै उनले आफ्ना फ्यानलाई ६ वटा नयाँ गीत गिफ्ट दिएर खुसी बनाएकी छन् ।
म्याडोनाले ट्विटरमा लेखेकी छन्, ‘चाँडै क्रिसमस आउँदै छ । मेरो एल्बमको प्रि–अर्डर गर्नु होला । र, ६ गीत डाउनलोड गर्नबाट नछुट्नु होला ।’ म्यडोनाको रिलिज ६ गीतमा ‘बिच आईएम मडोना’, ‘इस्यूमिनेटी’, ‘लिभिङ फर लभ’, ‘डेविल प्रे’, ‘घोस्टटाउन’, र ‘अनअपोलोजेटिक बिच’ बोलका रहेका छन् । जुन गीतहरू यु–टेयुबमार्फत डाउनलोड गर्न सकिने छ । (भिडियो हुर्न तलको लिंकमा क्लिक गर्नुस्)

https://www.youtube.com/watch?v=GXYgnYuSv9I

Comments