संगीतको चिरफारमा डाक्टर
screennepal
प्रकाशित: २०७१, ६ पुष आईतवार
no img

डा. रणजित कुमार झा चिकित्सक हुन् । तर, उनको फरक परिचय पनि छ,  संगीतकर्मीका रुपमा । अब बिरामीको मात्रै होइन, शब्दको समेत चिरफार गर्दैछन् । उनको शब्द, संगीत र स्वरमा सजिएको तेस्रो एल्बम ‘जीवनपथ’ विमोचन भएको छ । संगीतकार संंघ नेपालले प्रज्ञा–प्रतिस्ठान कमलादीमा एक औपचारीक कार्यक्रमको आयोजना गर्दै एल्बमको विमोचन गराएका छन् ।

cc (3)कार्यक्रमका तिन प्रमुख अतिथीहरु वरिष्ठ संगीतकर्मी दिपक जंगम, डा. भोला रिजाल र डा. अरुण सायमी पानसमा दिप प्रज्वलन गरी एकसाथ एल्बमको विमोचन गरेका थिए । एल्बम विमोचन तिन प्रमुख अतिथीहरुसंगै अतिथीमा रहेका संगीत गुरु भरत लामा, रोयल्टि समाजका अध्यक्ष सुरेश अधिकारी, चर्चित गायक राजेश पायल राई, संगीतकार महेश खड्काल लगायतले साथ दिएका थिए ।
संगीतकार संघ नेपालका अध्यक्ष संगीतकार लक्ष्मण शेषको सभादक्षमा भएको एल्बम विमोचन कार्यक्रममा आयोजक संघका महासचिव, संगीतकार महेश खड्काले स्वागत मन्तब्य राखेका थिए । स्वागत मन्तब्यमा महेशले संगीतकार संघ कसरी अगाडी बढिरहेको भन्ने बारेमा समेत प्रस्ट्याएका थिए ।
विमोचित एल्बमको बारेमा समिक्षा गर्दै वरिष्ठ संगीतकार सुरेश अधिकारीले डा. रणजित कुमार झा को एल्बमका गीतहरु हेर्दा पछिल्लो नेपाली साङगीतिक बजार बुझेको स्रष्ठानको रुपमा पाएका बताए । भने–’उहाको स्वर नेपाली प्लेब्याक गायनमा राम्रो हुन सक्ने देखेको छु । उहा झा भएकाले पनि हुन सक्छ, बलिउडका प्लेब्याक गायनका बादशाह उदितनारायण झासंग केही स्वरमा मेल खान जान्छ ।’ सुरेश अधिकारीले थप्दै भने, ुगायन, संगीत र स्वरको मिलन अत्यन्तै राम्रो रहेको पाए ।’
त्यस्तै कार्यक्रमका तिनै प्रमुख अतिथीहरुले एल्बम बजारमा ल्याएको प्रति बधाइ दिए । एल्बमका गीतहरु राम्रा रहेको प्रमुख अतिथीहरुलेपनि बताए गरे । एल्बम विमोचन समारोहमा चर्चित गायकद्धय सत्यस्वरुपराज आचार्यपनि उपस्थित रहेका थिए । एल्बम विमोचन कार्यक्रममा एल्बममा समावेश एक म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो ।
६ गीत समावेश एल्बममा डा. रणजित झाको आफ्नै शब्द, संगीत तथा स्वर रहेको छ । एल्बममा बसी बसी, सरी माई बाबा, जीवन पथ, हिड्नु छ, जीउन बहुत र रातकी रानी बोलको गीत समावेश गरिएको छ । एल्बमका सबै गीतहरु महाराज थापाले एरेञ्ज गरेका हुन् भने एल्बमलाई सुर्यान्स म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।

Comments