अमेरिकन कस्मेटिक ब्रान्ड ‘एनवाईएक्स’ को नेपाल वितरण को जिम्मा पाएको एक्सप्रेस नेपालले ‘एनवाईएक्स’ कस्मेटिकको नेपालमा बजार प्रवद्धन गर्न पुर्व मिस नेपाल माल्भिका सुब्बालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । बिहिबार दरबारमार्ग स्थित रोयल सिहं होटलमा एक्सप्रेश नेपालले एक पत्रकार सम्मेलनको आयोजना गरी औपचारीक रुपमा जानकारी गराएको थियो ।
१ वर्षका लागी ब्राण्ड एम्बेस्डर नियुक्त पुर्व मिस नेपाल माल्भिकाले कार्यक्रममा अबबाट यस ब्राण्डका कस्मेटिक सामानको बजार प्रवद्धनका लागी दिइएको जिम्मेवारी पुरा गर्ने बताउदै आफुपनि यो ब्राण्डको एउटा हिस्सा बन्न पाउदा खुशी लागेको बताइन् ।
कपडा ब्यापारमा सफलता हासिल गरेको एक्सप्रेस नेपालले दरबार मार्ग स्थित राईजिङ मलमा एनवाईएक्सको कस्मेटिक सामानहरु आधिकारीक रुपमा खुद्रा बिक्री वितरण सुरु गरेको छ भने बिस्तारै नेपाल भर एनवाईएक्स’ ब्रान्ड लाई फैलाउने एक्सप्रेस नेपालले जनाएको छ ।
सन् १९९९ मा त्यसबेलाका युवा उधमी टोनी के. सुरुवात गरेको कस्मेटिक अहिले विश्वका ७० भन्दा बढी देशहरुमा २ हजार भन्दा बढी विभिन्न किसिमका प्रोडक्टहरु बिक्रि हुन्छन् । सस्तो तथा बिस्वब्यपी ब्रान्ड को रुपमा परिचित एनवाईएक्स’ कस्मेटिकको कोंसेलेर्स ,लिपिस्टिक ,ग्लोसेस ,आई स्याडो लगायतका थुप्रै ब्रान्डहरु उपलभ्द छन् ।
कार्यक्रममा एक्शन नायक शिव श्रेष्ठ देखि पुर्व मिस नेपाल सदिछा ,सृष्टि श्रेष्ठ लगायत सुभेक्छा खड्का , रोजिषा शाही , माला लिम्बु लगायतका मोडेल तथा पत्रकारहरुको बाक्लो उपस्थित थिए ।