भीम भन्छन्, ‘माया मेरो झुठो रे’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, ६ पुष आईतवार
no img

bhim limbu

काठमाडौं । गायक भीम लिम्बू ‘माया मेरो झुठो रे’  भन्दै आफ्नो पोल आफैले खोलेका छन् । नपत्याए उनको भिडियो हुर्नुस । ‘धानै नाचिन्छ’ गीतमार्फत पछिल्लो समय चर्चामा रहेका भीमले ‘माया मेरो झुठो रे’ बोलको आफ्नो गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरेका छन् । उक्त म्युजिक भिडियो रिलिज गरेको छोटो समयमै टेलिभिजन तथा यु–ट्युबका श्रोताले रुचाएका छन् । ‘माया मेरो झुठो रे’ गीत त राम्रो छ नै, स्व. आलोक नेम्बाङको अन्तिम निर्देशन म्युजिक भिडियो भएकाले पनि दर्शकले अझ बढी रुचाएका छन् । उक्त गीत भीमको पहिलो एल्बम ‘मिम्जिना’ अर्थात् ‘प्रियसी’ को हो ।
नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा बढी बिताइसकेको गायक भीम लिम्बू गीति एल्बम ‘मिम्जिमा’ ल्याएका हुन् । केही दिनअघि मात्र एल्बम सार्वजनिक गरिएको भीमको ‘मिम्जिमा’ मा समेटिएका गीतमध्ये ‘धानै नाचिन्छ’ बढी चर्चामा छ । विशेषगरी उक्त गीत पूर्वमा रुचाइएको छ । गायक भीमका अनुसार विस्तारै गीतले श्रोता बटेल्दै गएको छ ।
पछिल्लो समय चलचचि पाश्र्व गायनमा समेत व्यस्त भीमको ‘मिम्जिमा’ एल्बममा ‘धानै नाचिन्छ’लगायत ‘माया मेरो झुटो रे’, ‘आँसुले भिजाइ सिरानी’ ‘हातै काटेर’, ‘यो मुटु’, ‘खुल्यो है खुल्यो’, ‘सान्नानी’ बोलका माया, प्रेमका ८ गीत समावेश छन् । जसमा किरण घिमिरे, सञ्जिव थापा, डा. कृष्णहरी बराललगायतको शब्द रहेको छ भने कोशिस क्षेत्री, हरि लम्साल, ताराप्रकाश लिम्बुलगायतको संगीत छ ।

Comments