भिडियोमा देवराजको ‘जुन नजिकै’
screennepal
प्रकाशित: २०७१, ५ पुष शनिबार
no img

नेपाली संगीत जगतमा ‘मेन्दो माया’ भन्दै एक दशक अघि प्रवेश गरेका गायक देवराज आले मगरले आफ्नो पछिल्लो एल्बम ‘रूपमती’ सार्वजनिक संगै आफ्नो दोस्रो म्युजिक भिडियो जुन नजिकैको म्युजिक भिडियो छायाँकन गरेका छन्|

anuबुधबार काठमाडौँको टोखा वरिपरी शिवराज गुरुङको निर्देशनमा फोटो पत्रकार नबिन गुरुङले उनको म्युजिक भिडियोको छायांकन गरेका हुन्|

चर्चित मोडल तथा नायिका अनु शाह र गणेश तामाङ्ले अभिनय गरेको यस गीतको म्युजिक भिडियोलाई अनुप गिरीले सम्पादन गर्ने भएका छन् |
dev

माया प्रेममा बैबाहिक बन्धनमा बाँधिएका जोडीको कथालाई समेटेर म्युजिक भिडियो निर्देशन गरेको निर्देशक शिवराज गुरुङले जानकारी गराए |
यसैगरी उनको जुन नजिकै बोलको गीत चर्चित गीतकार , पत्रकार नवराज लम्सालले लेखेका हुन् भने चर्चित संगीतकार हरि लम्सालले संगीत गरेका हुन् | यस म्युजिक भिडियोलाई छिट्टै नै सार्वजनिक गरिने बताइएको छ|

dev 1

Comments