लेखनाथमा सबै ‘हेरेको हेरै’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, ३ पुष बिहीबार
no img

4

काठमाडौं । कठ्याग्रिदो जाँडोको कुनै प्रवाह देखिएन त्यहाँ, जहाँ दर्शक हेरेको हेरै भए । राम्ररी आकाश उघ्रेको थिएन । धुमिलो आकाशले पुसको जाडो निम्ताइरहेको आभाष हुन्थ्यो । तर, त्यहाँ दर्शकदीर्घाको मनचाहिँ गजबले उघ्रियो, जब स्टेजमा ‘हेरेको हेरै हुन्छु होला म’ गुन्जिएपछि । साँझ पर्दै जाँदा दर्शकमा जोश बढ्दै गयो ।

1
प्रशंग हो, ‘लेखनाथ महोत्सव–२०७१’ को । कास्कीको लेखनाथ नगरपालिकामा आयोजित महोत्सवमा हजारौं दर्शकलाई गायिका सहिमा श्रेष्ठले नचाउन सफल भइन् । जब, सहिमाले आफ्नो चर्चित गीत ‘हेरेको हेरै हुन्छु होला म’ गाउन थालिन्, तब उनलाई ‘वान्स मोर’ वर्षियो । राजधानीबाट महोत्सवको निम्तो पाएर लेखनाथ पुगेकी सहिमाले कार्यक्रममा आफ्ना आधा दर्जन गीत पस्किन् । ‘माया प्रेम’ ‘तिम्रो साथ पाएँ भने’ ‘यो संसार तिम्रो लागि’ जस्ता आफ्ना चर्चित गीत प्रस्तुत गर्दा उनले ननाची धरै पाइनन् । दर्शकको आग्रहले उनी दर्शकसँगै नाचिन्÷गाइन् ।

5
‘निकै रमाइलो भयो’ लेखानाथबाट फर्केपछि सहिमाले भनिन्, ‘हजारौं दर्शकको भीडमा गाउनुको मज्जा नै अर्को हुँदोरहेछ ।’ हालैमात्र आफ्नो तेस्रो एल्बम ‘सहिमाको शृंगार’ ल्याएकी सहिमा अहिले यसै एल्बमको प्रमोसनमा छिन् । एल्बम प्रमोसनकै क्रममा उनले भारत, कुवेत र मेलेसियामा समेत सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेकी छन् ।

6

Comments