नयाँ ‘विश्व सुन्दरी’ रोलेनी चिकित्सा विज्ञानकी छात्रा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २९ मंसिर सोमबार
no img

141214_Final_08

लन्डन । आफ्ना १२० देशका स्पर्धीलाई पछि पार्दै साउथ अफ्रिकाकी सुन्दरी रोलेनी स्टसले ‘मिस वल्र्ड–२०१४’ को उपाधि चुमेकी छन् । लण्डनमा आयोजित ‘मिस वल्र्ड’को ६३औं संस्करणमा विश्वका विभिन्न १२१ देशका सुन्दरीले स्पर्धा गरेका थिए । ती आफ्नो सबै स्पर्धी सुन्दरीलाई पछार्दै रोलेनी यस वर्षको ‘मिस वल्र्ड’ बन्न सफल भएकी छन् । ‘मिस वल्र्ड’ को उपाधि चुमेपछि रोलेनीले आँशु झार्दै भनिन्, ‘मेरो एउटा सपना पूरा भएको छ । यो क्षण जीवनकै अविस्मणीय हुनेछ ।’ तपाई किन ‘मिस वल्र्ड’ बन्न चाहनुहुन्छ ? भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै रोलेनीले ‘मिस वल्र्ड’ को ताज आफ्नो पोल्टामा पार्न सपल भएकी हुन् ।
डाक्टर पिता र नर्स आमाकी छोरी २२ वर्षीया रोलेनी स्ट्रस आफैँ पनि चिकित्सा विज्ञानकी छात्रा हुन् । मोडलिङका कारण अहिले उनले आफ्नो पढाइ स्थगित भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

miss-world-7
यस्तै, प्रतियोगितामा हंगेरकी सुन्दरी इडिना कुल्सार फस्ट रनरअप सेकेन्ड रनरअपको उपाधि अमेरिकी सुन्दरी एलिजावेथ साफ्रिटले जितेका छन् । प्रतियोगिताको उत्कृष्ट पाँचमा पुगेको हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतकी सुन्दरीबीच असिन्तम फाइनलका लागि स्पर्धा गरेका थिए । स्मरणीय कुरा, भेनेजुएलाकी सुन्दरी यसपटक उत्कृष्ट १० मा समेत परिनन् । सुन्दरी उत्पादनको देश भनेर चिनिने भेनेजुएलाकी सुन्दरी उत्कृष्ट १० मा पर्न नसक्दा धेरै चकित भए । त्यस्तै, यसपटक भारतको सुुन्दरीले पनि टप पाँचमै चित्त बुझाउन प-यो । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी ‘मिस नेपाल’ सुबिन लिम्बु पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

miss-world-10
सन् १९५१ पछि दोस्रोपटक ‘मिस वल्र्ड’ लण्डनमा आयोजना भएको हो । पहिलो ‘मिस वल्र्ड’ ६३ वर्षअघि लण्डनमै भएको थियो । आइतबार नेपाली समयअनुसार राती ९ बजे सुरु भएको ‘मिस वल्र्ड’ मा पूर्वविश्व सुन्दरी बलिउड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्यासहित स्टेजमा पुगेकी थिइन् । (एजेन्सी)

141214_finalraw_04

Comments