‘काभ्रे लेडिज’ बन्न १० स्पर्धी
screennepal
प्रकाशित: २०७१, २८ मंसिर आईतवार
no img

काठमाडौं । ‘बौद्धिकतासहितको सौन्दर्य’ भन्ने नाराका साथ काभे्रका युवतीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भइरहेको ‘काभ्रे लेडिज ट्यालेन्ट सो–२०७१’ सिजन–६ तयारी भइरहेको छ । प्रतियोगिता काभ्रेस्थित बनेपा आईटिसी स्किल डेभ्लपमेन्ट टे«निङ सेन्टरमा भइरहेको छ ।
जिल्लाका धुलिखेल, नाला बनेपा, पाँचखाल, पनौती साँगा भकुण्डे, शंखुलगायतका ठाउँबाट प्रतिस्पर्धीले आवेदन दिएकामध्ये उत्कृष्ट १० जना फाइनलका लागि छनोट भएका छन् ।

kavre ladiea

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने प्रतियोगितामा १६ देखि २४ बर्ष उमेर समूहका अविवाहित युवतीको सहभागिता छ । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफ्रर राज पैजुले प्र्रशिक्षण दिइरहेका छन् । प्रतियोगिताअन्तरर्गत फोटोसुट तस्बिर स्टुडियोका फोटोग्राफर शिवलाल श्रेष्ठले गरेका छन् । जसबाट मिस फोटोजेनिक अवार्डको छनोट गरिने छ । यसअघि सोफिया शाक्य, प्रमिता थापा, सुम्मिता सापकोटा, मनिषा श्रेष्ठ र सृष्टि श्रेष्ठले काभ्रे लेडिज ट्यालेन्टको उपाधि जितिसकेकी छन् । अहिले प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेका लागि व्यस्त छन् । कार्यक्रमको फाइनल ५ पुसमा अरनिको सभा भवन, बनेपामा हुनेछ ।

Comments