काठमाडौं । कलेज अध्ययनरत किशोरीका लागि ‘टीभीएस जुपीटर मिस टिन कलेज’ प्रतियोगिताका लागि राजधानीस्थित शनिबार पुतलीसडकमा आयोजित अडिसनको पहिलो चरणमा ४० जना किशोरी छनोट भएका छन् । सिजन मिडियाले आयोजना गरेको कार्यक्रममा उपत्यकाका ५० भन्दा बढी कलेजबाट १ सयभन्दा बढी छात्राको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । कलेज अध्ययनरत टिनएजेर युवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देशन दिंदै उच्च शिक्षाको अध्ययनका लागि सहयोग पु¥याउने र समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने यस कार्यक्रमको उद्देश्य हो । ‘क्रियटिभ योर कलेज आइडेन्टिटी’ नारा दिइएको यस बर्षको मिस टिन कलेजको मुख्य प्रायोजक टीभीएस जुपीटर स्कूटर रहेको छ ।
पहिलो चरणको छनोटमा नेशनल कलेजका निर्देशक तथा प्राध्यापक राजेन्द्र कोइराला, पत्रकार तथा वृत्तचित्र निर्देशक गणेश पाण्डे, म्यूजिक भिडियो निर्देशक समन अधिकारी तथा कोरियोग्राफर रोजीन शाक्य अडिशनको निर्णायक मण्डल थिए । अडिसनबाट छानिएका किशोरीहरुलाई आगामी पुस १ गते आइतबारबाट प्रशिक्षण दिइने आयोजकले बताएको छ । प्रशिक्षणका क्रममा शारिरीक फिटनेश,फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइनेछ । यसका साथै माइती नेपाल, नार्कोनन नेपाल, बाल आश्रम, वृद्धा आश्रमसहित मिडिया तथा कल्चरल भ्रमण र हस्पिटालिटी सम्बन्धी जानकारी प्रदान पनि गराइने बताइएको छ । स्टेज पर्फमेन्स, क्याटवाक आदि लगायतका विभिन्न विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने कार्यक्रम छ ।
माघ पहिलो साता प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ‘टीभीएस जुपीटर मिस टिन कलेज’ को ताज उपाधिसहित एकलाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख बरावरको छात्रबृत्ति, फेसन सेन्टर भाटभटेनीका तर्फबाट १० हजार रुपैंया बराबरको गिफ्ट साडी साथै अन्य गिफ्ट ह्याम्पर पाउने छन् ।