राजेशपायल राईको बिहे पक्का !
screennepal
प्रकाशित: २०७१, २४ मंसिर बुधबार
no img

raaaaaa

काठमाडौं । हालै सम्पन्न सार्क शिखर सम्मेलन ताका जोड–बिजोड नम्बरले राम्रै चर्चा पाएको थियो । भिआईपीको सुरक्षा सर्तकता तथा सवारी आवागमन सहज गराउन सवारी साधनमा सरकारले ‘४ दिने जोड–बिजोड नियम’ लागू गर्दा राजधानीबासीले सास्तीसमेत खेप्नुपरेको थियो । तर, नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेशपायल राईले भने आफनो जीवनमा पनि जोड–बिजोड नियम बनाएका छन् ।

rajesh
यदि जोड–बिजोड नियम राजेशपायलमा लागू नभएको भए सायद उनले यही वर्ष घरजम बसाल्थे । तर, बिजोडी वर्ष भएकाले आफ्नै नियमले घरजम बसाल्न रोक्यो । ‘राजेशपायलको बिहे पक्का हो’ राई इज किङ गायक राजेशपायलले स्क्रिन नेपालसँग भने, ‘यो ०७१ बिजोडी वर्ष भएकाले मात्रै ।’ उनको भनाइअनुसार उनी ०७२ साल लाग्नेवित्तिकै घरजम अर्थात् बिहे गर्नेछन् । तर, त्यसका अब धेरै होइन, उही बिजोड ५ महिना पर्खनुपर्ने छ । संयोग पनि उस्तै परेछ, मंगलबार २३ मंसिर साँझ ‘राई इज किङ’ गायक राजेशपायलले अनौपचारिक कुराकानीमा भने, ‘जोडी वर्षमै जोडी बाँध्ने सुरमा छु । र, यति सम्झिनुस् कि राजेशपायल राईको बिहे पक्का भो ।’

ra
जोडी बाँध्नका लागि जोडी अंकजाल बुनिरहेका राजेशपायललाई बिजोड नफापेका भने होइन । पहिलो कुरा त उनी सिंगल छन् अर्थात् बिजोडी । यस्ता बिजोड संयोगहरु उनीमा थुप्रै जुरेको छ । तीमध्ये पछिछल्लो उनको अमेरिकाको सांगीतिक भ्रमण पनि हो । राजेशपायल राई ७३ दिन अमेरिकाको विभिन्न राज्य तथा सहरमा कार्यक्रम गरेर मंसिर २१ मा काठमाडौं फर्केका हुन् । त्यस्तै, अमेरिकाको ७३ दिने सांगीतिक भ्रमणका क्रममा १७ वटा एकल सोमा उनी प्रस्तुत भएका थिए । उनका अनुसार नेपाली कुनैपनि कलाकारले यति लामो अमेरिकाको सांगीतिक यात्रा गरेका छ्रैनन् । नेपाली रकस्टारका रुपमा समेत चर्चित गायक राजेशपायलको विगतदेखि वर्तमानसम्म हेर्दा ‘बिजोड अंक’ फापेकै छ । तर, जोडी बाँध्ने कुरामा भने उनी ‘जोडी अंक’ चाहन्छन् ।
‘जोडी बाँध्नेजस्तो कुरा सामान्य होइन’ उनी भन्छन्, ‘साइत त हेर्नै प¥यो नि ।’ गत असारमा अभिनेता राजेश हमालले जोडी बाँधेपछि राजेशपायलले पनि जोडी बाँध्न रहर गर्न थालेका हुन् । उनलाई जोडी बाँध्ने रहर छ भन्ने कुरा बेलाबेला फेसबुकमा अपडेट भएका स्टाटसले पनि बताउँछ । केही समयअघि राजेशपायलले आफ्नो फेसबुक वालमा राजेश हमाल र उनकी पत्नी मधुको फोटो अपलोड गर्दै लेखेका थिए, ‘मितज्यूको भयो, अब मेरो पालो ।’ तर, रहर गरेरमात्र त हुँदैन । समय पनि हुनप¥यो । गायनमै व्यस्तताका कारण ‘आइलभ यु’ भन्ने युवतीहरुलाई ‘आई लभ यु टु’ समेत फर्काउन समय नहुने राजेशपायल राईको २०७२ सालमा बिहे पक्का होला त ?

Comments