गायत्रीको ‘मिस कल’ मा सुस्माको गरम आइटम (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, २३ मंसिर मंगलवार
no img

m

काठमाडौं । गायिका तथा गीतकार गायत्री थापाको ‘मिस कल’ मा अभिनेत्री सुस्मा कार्की र अभिनेता गजित विष्टले गजबको आइटम डान्स गरेका छन् । ‘लोक आइटम’ ‘फोन गर मायाँलु मिस कल नगर’ को बोलको सो म्युजिक भिडियो सोमबारबाट विभिन्न मिडियामा सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा सुस्मा र गजितको हट आइटम डान्स हेर्न सकिन्छ । सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशक गरेको सो भिडियो हेर्ने दर्शकलाई समेत नाचौं–नाचौं लाग्न सक्छ । हालै ललितपुरको ग्वोर्कोस्थित ‘१९९९ एडी पार्टी भेन्यु’ मा सेट लगाएर छायांकन गरिएको सो म्युजिक भिडियो यु–ट्युबमा अपलोड गरेको १२ घन्टामै ८ सयले हेरिसकेको गायिका गायत्रीले बताइन् । प्राय लोकगीतमा स्वर दिँदै आएकी गायत्रीको यो आइटम गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=YmlXmCz6jhM&list=PLOaCavr5koqm7_3C1k_OgcZUC9L2pLwOC

Comments