कल्पना भन्छिन् ‘मख्ख पर्‍यो भमरा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २० मंसिर शनिबार
no img
kalpana (1)

कल्पना कुसुम

गायिका कल्पना कुसुमले पहिलो एल्बम् ‘भमरा’ ल्याएर सांगितिक यात्रा थालेकी छिन् । बुटवलमा रहेर लामो समयदेखि सांगितिक क्षेत्रमा क्रियाशिल कल्पनाले संगीतको औपचारिक यात्रा भने भर्खर थालेकी हुन् । उनी भन्छिन्, ‘संगीतमा पहिल्यैदेखि रुची थियो । लामो साधनापछि मात्रै आफूलाई अघि सारेकी हुँ ।’ पढाइ सकेर मात्रै सांगितिक यात्रा थाल्ने लक्ष्यका कारण पनि केही ढिलो सांगितिक क्षेत्रमा आएको बताइन् । स्नातकोत्तर तह उत्तीर्ण गरेकी कल्पना पेशाले शिक्षिका हुन् । रन्जना म्यूजिक कम्पनीले बजारमा ल्याएको एल्बम्मा शब्द पुरु लम्साल, संगीत थानेश्वर गौतम र एरेञ्जर आशिष अविरल रहेका छन् । शीर्ष गीत ‘मख्ख पर्‍यो  भमरा’को म्युजिक भिडियो समेत तयार भएको छ । बिशाल भण्डारीले निर्देशन गरेको भिडियोमा पुष्प खड्का र बेनिशा हमालले अभिनय गरेका छन् ।

 

Comments