माघ दोस्रो साता मिस तामाङ
screennepal
प्रकाशित: २०७१, १९ मंसिर शुक्रबार
no img
miss tamang

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा/ तस्बिर : नविन गुरुङ

काठमाडौं । आठौ मिस तामाङ आगामी १७ माघमा राजधानीमा हुने भएको छ । आयोजक एभरेष्ट फेसन होमले बिहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । आयोजक संस्थाकी अध्यक्ष रञ्जिता लामाले भनिन्, ‘यसपटक सधैभन्दा पनि पृथक ढंगले कार्यक्रम गर्न लागेका छौं ।’ उनका अनुसार यसअघिका संस्करणहरु ल्होसारको अवसरमा टुँडीखेलमा आयोजना हुने गर्दथ्यो । तर, यसपालि नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

mmm
तामाङ समुदायको विशेष पर्व ल्होसारकै अवसरमा आयोजना गर्न लागेको ‘मिस तामङ–२०१५’ मा जम्मा ३० जना प्रतियोगीलाई मात्र फाइनलमा लिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि तामाङ समुदायकै युवती हुनपर्ने छ । तर सिमानाले भने छेक्ने छैन । संसारको जुनैपनि कुनामा रहेका तामाङ युवतीले प्रतियोगितामा सहभागी जनाउन पाउने आयोजकले जनाएको छ । तर, त्यसका लागि कम्तिमा पाँच फिट उचाई र एसएलसी उतिर्ण हुनुपर्ने आयोजकको प्रावधान छ ।
त्यस्तै, तामाङ समुदायको युवतीको प्रतिभा तथा भाषा साहित्यमा दक्ष गराउने उद्देश्यले आयोजित प्रतियोगितामा शिर्ष उपाधि विजेताले २० हजार बराबरको चाँदीको क्राउन र फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः १५ र १० हजारको क्राउनका साथै विभिन्न गिष्फ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

Comments