बलिउडले प्रहरीको छवि बिगा-यो : मोदी
screennepal
प्रकाशित: २०७१, १४ मंसिर आईतवार
no img

गुवाहाटी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडले प्रहरीको छवि बिगारेको बताएका छन् । गुवाहाटीमा शनिबार आयोजित डिजी सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । उनले बलिउडले प्रहरीलाई खुफियातन्त्र बनाएको आरोप लगाउँदै भने, ‘फिल्ममा प्रहरीलाई खराब छविको देखाइन्छ, यसरी फिल्ममा प्रहरीलाई खराब देखाइँदा जनमानसमा नकरात्मक अवसर पर्छ । त्यसैले फिल्ममा प्रहरीलाई सकारात्मक देखाउन जरुरी छ ।’

modi
प्रधानमन्त्री मोदीले राष्ट्रको रक्षामा गुप्तचर व्यवस्था हुन आवश्यक रहेको बताउँदै भनेका छन्, ‘गुप्तरचरलाई हतियारको जरुरत पनि हुँदैन ।’ मोदीले प्रहरीलाई ‘स्मार्ट’ को रुपमा परिभाषित गर्दैै भने, ‘स्मार्टका मतलब प्रहरी संवेदनशील, आधुनिक, जवाबदेहीता, विश्वसनीय हुनुपर्छ ।’ प्रधानमन्त्री मोदीका साथ गृहमन्त्री राजनाथ सिंह पनि गुवाहटी पुगेका थिए । -एजेन्सी

Comments