अमृत बने पहिलो ‘लिटिल मास्टर’
screennepal
प्रकाशित: २०७१, ७ मंसिर आईतवार
no img

काठमाडौं । पहिलोपटक आयोजना ‘लिटिल माष्टर–२०१४’ को उपाधि इलिप्स स्कुलका अमृत दहालले चुमेका छन् । कलशइभेन्टस्द्वारा शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा आफ्नो १९ स्पर्धीलाई उछिन्दै अमृतले उपाधि आफ्नो पोल्टामा पारेका हुन् । निर्णायकको प्रश्नमा ‘अभिभावकको समस्या भनेको बच्चाहरुको माग सकिनसकी पूरा गर्नु र ठूलो भएपछि कस्तो मान्छे बन्ला भन्ने पीर लिनु हो’ भन्ने जवाफ दिएपछि अमृतलाई ‘लिटिल माष्टर–२०१४’ घोषणा गरिएको हो ।

Little Masrer
यस्तै, प्रतियोगितामा गोरक्ष निखिल स्कुलका प्रवल श्रेष्ठ र बिराट कार्कीले क्रमशः प्रथम उपविजेता तथा द्वितियउपबिजेताको ट्रफी उचालेका छन् । शीर्ष उपाधि तथा उप विजेतालाई क्रमशः १२ हजार, १० हजार र ७ हजार नगद तथा मेडल प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा गायिका तथा बालअधिकारकर्मी नुपूर भट्टाचार्य, साहित्यकार तथा निर्देशक राजेन्द्र शलभ, प्याबसन केन्द्रिय उपाध्यक्ष दीपिका थापा, नमूना कलेजका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ र फोटोग्राफर शिवलाल श्रेष्ठ थिए ।
रोहिया महर्जनकोे कोरियोग्राफी तथा ‘मिस टिन नेपाल–२०१२’ आस्था श्रेष्ठको सह कोरियोग्राफीमा आयोजित कार्यक्रममा मास्टर ट्यालेन्ट चन्दिम श्रेष्ठ, फ्रेण्डसिप समिर श्रेष्ठ, लिडरशिप समिक प्रधान, एथ्लेटिक प्रबल श्रेष्ठ, क्रियटिभ मुकेश महर्जन र मास्टर इसिए आयुष रसाइली भए । त्यस्तै, मास्टर एकेडेमिक प्रनिश महर्जन, मास्टर इन्टेलिजेन्ट स्वर्णिम श्रेष्ठ, पिक्चर पर्फेक्टर गेहेन्द्र महर्जन, माष्टर वेस्ट अटायर बिद्वोत्तममोहन रञ्जित, कल्चरल सुजल महर्जन र पर्सनालिटी सोहेल खड्गी भएका छन् ।

Comments