६० नर्सिङ कलेजका नर्सले दिए अडिसन (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, ६ मंसिर शनिबार
no img

ners
काठमाडौं । नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको ‘मिस नर्स नेपाल–२०७१’ को पहिलो अडिसन शनिबार राजधानीमा सम्पन्न भएको छ । आयोजकका अनुसार अडिसनमा मध्यमाञ्चलका ६० नर्सिङ कलेज र अस्पतालमा कार्यरत नर्सहरु सहभागी थिए । अर्को अडिसन पश्चिमाञ्चलका लागि १२ मंसिरमा पोखरामा हुनेछ भने पुर्वाञ्चल अडिसन १३ गते धरानमा हुने आयोजक नेक्स्ट मोडल्सले जनाएको छ ।

miss ners
अन्तिम अडिसन भने काठमाडौंमा १४ मंसिरमा हुने भएको छ । अडिसनमार्फत् देशभरबाट छानिएका ४५ जनालाई एक महिना प्रशिक्षणपश्चायत १९ पुसमा फाइनल प्रतिस्पर्धा हुने छ । सहभागी स्पर्धीलाई महिला सशक्तिकरण, सामाजिक उत्तरदायित्व बहन, सञ्चारकलाको विकासलगायत नसिर्ङ पेशासँग सम्बन्धित तालिमलगायतका प्रशिक्षण दिइने संस्थाका प्रमुख रबि धमलाले जनाएका छन् ।

miss ners (2)

miss ners

miss ners (1)

Comments