फेरि अभिनयमा फर्किदा यस्ती देखिइन् सञ्चिता
screennepal
प्रकाशित: २०७१, ६ मंसिर शनिबार
no img

चार बर्षपछि उही माहोलमा फर्किदा संचिता लुइँटेल निकै खुसी देखिएकी छिन् । माहोल उस्तै, उनै ब्यक्तिहरु तर बदलिएको प्रविधिले संचिताको मुहारमा खुशी आभा बढाएको छ ।
nnl3-3‘धेरैपछि फिल्म माहोलमा फर्किएको छु तर चार दिन पछि सेटमा फर्किए जस्तो महसुश भएको छ अनि फिल्म पनि राम्रो बनिरहेको विश्वास छ मलाई,’ नाईँ न भन्नू ल ३ ईन्डक्ल्यापमा संचिताले प्रतिक्रिया दिएकी छिन् ।
विवाहपश्चात बच्चा हुर्काएर कर्ममा फर्किदाको खुसी भिन्नै अनुभव भएको उनले बताइन् । फिल्म ‘नाइ नभन्नू ल–३’मा काम गर्न पाएपछि संचिताले आगामी दिनमा यो उद्योगमा अझ सक्रिय भएर लाग्ने विश्वास पनि देखाएकी छिन् । मुस्कान ढकालले निर्देशन गरेको यो फिल्म आउँदो चैत्र २७ देखि देशब्यापी प्रर्दशन हुँदैछ ।

nnl3-6

‘म त हिजो पनि प्रशंसक र आज पनि छु त्यसैले महत्वपूर्ण भूमिकामा उहाँलाई हामीले खेलाएका हौ’, निर्माता÷निर्देशक बिकास आचार्यको भनाई छ ।
यस फिल्ममा संचिता सुरज सिंह ठकुरीको अपोजिट खेलेकी छिन् । सुरजले संचिताको अभिनय जोश हेर्दा उनी चार बर्षपछि उद्योगमा फर्किएको जस्तो नलागेको बताएका छन् । सुरजले एउटा हिरोइनमा हुने सम्पूर्ण गुण उनीमा रहेको प्रतिक्रिया समेत दिएका छन् ।
यसैगरी मेकअप निर्देशक श्याम बराल, प्रोडक्सन हेड एवं कलाकार उत्तम केसी देखि लिएर कोरियोग्राफर कविराज गहतराज एवं हेयरस्टाईलिष्ट शोभा श्रेष्ठ सम्मले संचिताको पुनरागमन निकै प्रशंनसनीय रहेको प्रतिक्रया दिएका छन् ।
nnl3-1४२ दिन सम्म छायाँकन भएको यो थर्ड सिरिजमा अनुभव रेग्मी, प्रियंका कार्की, संयम पुरी, आश्मा डिसी, आर्यन सिग्देल सहित विशेष भूमिकामा निरज बराल, मुकेश ढकाल र गरिमा पन्तालाई पनि देख्न सकिन्छ ।

 

Comments