हट निकीको यस्तो योजना (उनको प्रस्तुतीका फोटो र भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, ६ मंसिर शनिबार
no img

nicki-minaj-flashes-boobs

लस एञ्जलस । निकी मिनाज हलिउडकी चर्चित गायिका हुन् । यतिमात्रै नभएर उनी ‘हट गायिका’ को रुपमा समेत चिनिन्छिन् । उनको फेसन स्टाइल र प्रस्तुतीले आफूलाई ‘भयंकर सेक्सी’ बताउनेहरुलाई समेत माथ खुवाउँछ । यिनै हट एन्ड सेक्सी गायिकाले केही दिनअघि आफ्नो तेस्रो एल्बम सार्वजनिक गरिन् । तर, उनलाई एल्बम प्रमोसनको चिन्ता छैन, निकीलाई चिन्ता छ त बिहे गर्ने र सन्तान जन्माउनेको मात्रै । निकीले पाँचौ एल्बम ल्याउँदासम्म घरजम गरिसक्ने योजना बनाएकी छन् ।

nicki-minaj-pinkprint-album-drops-in-november-02
निकी भन्छिन्, ‘पाँचौ एल्बम ल्याउनअघि म घरबार बसाल्न चाहन्छु ।’ निकीले आफ्नो तेस्रो एल्बम ‘द पिंक प्रिन्ट’ सार्वजनिक गर्नेक्रममा भनिन्, ‘म जतिसक्दो आमा बन्न चाहन्छु ।’ अविवाहित निकीले अहिलेसम्म बिहे गर्नेसमेत टुंगो छैन । बिहेको योजना नै नबनाई आमा बन्ने र सन्तान जन्माउने निकीको योजनाले उनका सहकर्मी अचम्ममा परेका छन् ।

nicki-minaj-booty-implant-picture
छोटो समयमै गायनमा ख्याती कमाएकी निकी आफ्नो सफलतबाट सन्तुष्टि रहेको बताउँछिन् । उनले भनिन्, ‘म आफ्नो काममा यति धेरै खुसी छु, जसले गर्दा मैले नीजि जीन्दगीसमेत बिर्सिदिएँ ।’ यदि आफ्नो पाँचौ एल्बम ल्याउँदासम्म पनि आमा बन्न सकिनन् भने आफूमा निराशा छाउने उनको भनाइ छ । ‘पाँचौ एल्बम ल्याउँदासम्म म आमा बनिसकेको हुनेछु’ निकीले थपिन््, ‘आमा बन्न सकिन भने ममा निराशा छाउने छ किनकि एकजना महिलाको महत्वकांक्ष भनेको आमा बन्नु पनि हो ।’ उनले अहिले जे गरिरहेकी छन्, त्यो सबै आफ्नो सन्तान ‘बच्चा’ का लागि गरिरहेको उनले बताइन् । -एजेन्सी

Comments