‘आवाज’ लिएर आइन् मनुता
screennepal
प्रकाशित: २०७१, २ मंसिर मंगलवार
no img
Manuta-Kambang2-703x1024

सञ्चारकर्मी तथा गायिका मनुता काङबाङ । तस्बिर नविन गुरुङ/स्ट्रिटनेपाल

काठमाडौं । आरजे तथा सचारकर्मी मनुता काङबाङले अर्को पनि परिचय थपेकी छन् । हिजोसम्म मनुता एक कुसल रेडियो जंकी ‘आरजे’का रुपमा परिचित थिइन् । तर, उनी ‘आवाज’ सँगै गायिका पनि बनेकी छन् । ७ वर्षदेखि निरन्तर सञ्चार क्षेत्रमा क्रियाशील मनुताले आफ्नो स्वरमा ‘आवाज’ नामक आधुनिक गीतिएल्बम ल्याएकी छन् । मुनताको उक्त पहिलो सांगीतिक कोशेलीलाई सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

casset
रुबुशा क्रियशन वर्कसले श्रोतामाझ ल्याएको मनुताको ‘आवाज’ मा कुल ६ वटा गीत संगृहीत छन् । एल्बममा सुन्य थिएँ, यो यात्रा, टाढा टाढा,  किन किन, नसालु त्यो नजर र आएन कहिल्यै बोलका गीत छन् । जसमा राहुल प्रधान, ताराप्रकाश लिम्बू र डेनी निरौलाको संगीत छ भने एल्बममा मिना सिंघक, लिला श्रेष्ठ, उषा जबेगु राई, गजेन्द्र तामाङ र गायिका सयंमकै शब्दरचना रहेको छ । गायिका मनुतालाई केही गीतमा गायक उत्तमजंग लिम्बूले स्वरमा साथ दिएका छन् । एल्बमका गीतमध्ये सुन्य थिएँ र टाढा टाढा बोलको गीतको म्युजिक भिडियोसमेत तयार गरिएको छ ।
रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा क्रियाशील मनुताले दर्शक तथा श्रोताले साथ दिए गायनलाई निरन्तरता दिने बताइन् । कार्यक्रममा उनले भनिन्, ‘मेरो गाउने सोख पहिलेदेखि नै हो । अहिले बल्ल एल्बम निकाल्न सफल भएँ । अब दर्शक÷श्रोताले साथ दिए गायनलाई पनि निरन्तरता दिनेछु ।’

Comments