हङकङमा गुञ्जिए रुपमति गायक (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, २९ कार्तिक शनिबार
no img

काठमाडौं । ‘रुपमति’ एल्बम ल्याउने तयारीमा रहेको गायक देवराज आलेमगर पहिलोपटक हङकङमा गुञ्जिए । मगर संघ हङकङले आयोजना गरेको ‘अरुण स्मृति साँझ–४’ कार्यक्रममा प्रस्तुत भएका देवले आफूसँगै हङकङका रुपमतिहरुलाई नचाउन सफल भएका छन् ।

10393974_305172206346119_4036131219101008574_n
संघका अध्यक्ष चन्द्र आलेमगरको संयोजत्वमा युङलङ थिएरमा आयोजित कार्यक्रममा सयौं दर्शकको उपस्थिति थियो, जहाँ गायक देवले आफ्ना नयाँ तथा पुराना गीत पस्केका थिए । कार्यक्रममा देवले आफ्नो अपकमिङ एल्बम ‘रुपमति’ को गीत पस्काउँदा दर्शकबाट ‘वान्स मोर’ आएको थियो । तर, कार्यक्रममा अन्य थुप्रै कलाकार सहभागी भएकाले दर्शकको चाहना पुरा गर्न सकेनन् र देवलाई सुन्ने इच्छा गर्दागर्दै पनि दर्शकले चित्त बुझाउनु परेको थियो ।

d
हङकङमा थुप्रै ने्पाली सांगीतिक कार्यक्रमहरु हुँदै आएको छ । तर, देवका अनुसार यसपटक जस्तो दर्शक कहिल्यै ओइरिएको थिएन । देवले भने, ‘जुन हलमा कार्यक्रम भएको थियो, त्यो हल कहिल्यै भरिएको थिएन रे, तर त्यो दि न पूरै हल भरिएको थियो ।’ कार्यक्रममा सहभागी नेपालबाट हुन गायक नीर आलेमगर, मुना थापामगर, गगन पुन, नवराज थापा, प्रसाद खप्तडलगायतका कलाकार हङकङ पुगेका थिए । प्राय नेपालको ख्याती कलाकार गुञ्जिने त्यो हलमा त्यस दिन अर्थात् ‘अरुण स्मृति साँझ–४’ मा खाशै ख्याती प्राप्त कलाकार सहभागी थिएनन् । तर, उनीहरुको प्रस्तुती अहिलेसम्मकै दमदार भएको जनाइएको छ । मगर संघले चार वर्षयता त्यहाँ गायक अरुण थापाको स्मृतिमा ‘अरुण स्मृति साँझ’ कार्यक्रम गर्दै आएको हो ।

vvv

1016481_679705662147002_4302074380108671784_n

Comments