निशाको ‘शराब’का गजल सार्वजनिक
screennepal
प्रकाशित: २०७१, २८ कार्तिक शुक्रबार
no img

काठमाडौं । निशा देसार गजल तथा सुगम गायनमा चसम्किँदो नाम हो । उनले गाएका हरेक गजल तथा गीत चर्चामा छन् । पछिल्लो समय ‘म त अजनबी’ बोलको गजलमार्फत चर्चामा रहेकी गायिका निशाको अब ‘शराबी’ गजलसमेत सुन्न पाइने भएको छ । निशाको एकल स्वर रहेको गजल संग्रह ‘शराब’ शुक्रबार राजधानीमा एक समारोहबीच लोकापर्ण गरिएको छ । संग्रहको बरिष्ठ गजलकार डा. कृष्णहरि बराल, संगीतकार बुलु मुकारुङलगायतका संगीतकर्मीले लोकापर्ण गरेका हुन् ।
ss

गजलकार मधु साश्रुको एकल गजल रचना रहेको संग्रहमा सन्तोष श्रेष्ठको एकल संगीत छ । एल्बममा शराब (रक्सी)बारे लेखिएका पाँच गजल संग्रहीत छन्, जसमा बिरालो पनि शेर हुन्छ शराब पिएपछि, पिरतीको अभाव बिग्रिए म, मैले जे गाएपनि गजल हुन्छ महफिलमा, जबदेखि थालेँ जागीर भट्टीमा र कुनै बहानामा दिल ढलेपछि जस्ता गजल छन् । यी गजलले नेपाली सुगमसंगीतमा नयाँ आयाम थप्न सक्ने अपेक्षा गरिएको छ ।

nisha deshar
कार्यक्रममा बोल्दै गीतकार डा. बरालले भने, ‘गजल गायनमा छुट्टै पहिचान बनाएकी निशाको यस नयाँ गजल संग्रहले नेपाली सांगीतिक क्षेत्र विशेषगरी गजलको दुनियाँमा नयाँ आयाम थप्ने अपेक्षा गर्न सकिन्छ ।’ त्यस्तै, संगीकार मुकारुङले ‘शराब’ गजलसंग्रहले सुगम संगीतको दुनियाँमा एउटा ईंटा थपिएको आशय व्यक्त गरे । कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले एल्बममा संग्रहीत गजलहरु शराब (रक्सी)बारे भए पनि कसैलाई रक्सी खान प्रोत्साहन नगरेको बताउँदै भने, ‘यो गजलसंग्रह सबैले सुन्न लायकको बनाएका छौं ।’ कार्यक्रममा निशाले संग्रहमा रहेका केही गजल सुनाएकी थिइन् । एल्बमलाई गोल्डेन क्रियशनले बजारमा ल्याएको हो ।

Comments