‘जेरी’ हेर्दा रोइन् बेनिशा
screennepal
प्रकाशित: २०७१, २८ कार्तिक शुक्रबार
no img

benisha-hamal-nepali-movie-luck-actress-10 फिल्म ‘जेरी’ हेर्न जय नेपाल हल पुगेकी बेनिशा हमालले आँशु थाम्न सकिनन् । फिल्मको क्लाइमेक्स देखिने दुःखद् घटनाले बेनिशालाई रुवाएको थियो । फिल्मको कथासँगै भावुक बनेकी बेनिशालाई उनीसँगै बसेका रिमा विश्वकर्मा, नन्दिता केसी लगायतका अभिनेत्रीले सम्हाल्दा पनि आँशु रोकिएनन् । फिल्मका अभिनेता अनमोल केसी र अभिनेत्री एना शर्मा गएपछि उनी आँशु पुछेर सबैभन्दा अन्तिममा हलबाट निस्किएकी थिइन् ।
आक्रामक ओपनिङ
फिल्म ‘होस्टेल’ मार्फत् नेपाली फिल्म क्षेत्रमा आएका निर्देशक हेमराज विसीको दोस्रो फिल्म ‘जेरी’ले सफलता पाउने संकेत गरेको छ । फिल्मले आक्रामक ओपनिङ गरेको छ । युवा दर्शकले गर्दा शुक्रवारमा प्राय शोहरुको अकुपेन्सी शतप्रतिशत रहेको हल संचालकले बताएका छन् । अग्रिम बुकिङ नै मल्टिप्लेक्समा उच्च रहेको थियो ।
बिद्यार्थी पक्राउ
पहिलो फिल्मबाटै चकलेटी हिरोका रुपमा युवा दर्शकमाझ आफ्नो छाप छाडेका अनमोल केसीले स्टारपावर देखाएका छन् । निर्देशक हेमराज विसीको युवाका विषयमा फिल्म बनाउने तरिकाप्रति समेत आकर्षित युवा दर्शकले प्रहरीचौकामा पुग्नु परेको छ ।स्कुल ड्रेसमैँ बिद्यार्थीहरुको भीडमा हलमा देखिएपछि प्रहरीले बिद्यार्थीलाई पक्रमउ गरेको हो । गोपिकृष्ण र सिटी सेन्टरबाट बिद्यार्थीहरु पक्रा परेको निर्माण युनिटले जनाएको छ ।
बिहान ८ बजेको शो हेर्न हलमा पुगेका बिद्यार्थीहरुलाई हलभित्रै छिरेर पक्राउ गरेको गोपिकृष्ण हलका महाप्रबन्धक तीर्थप्रसाद पौडेलले बताएका छन् ।
युवाको प्रेमकहानी
टिनेजर युवाको प्रेम कहानी र यात्रालाई फिल्ममा समेटिएको छ । प्रेममा आउने उतारचढाव र अहिले युवाले धेरै केटी वा केटासँग संगत गर्ने प्रबृत्तिलाई फिल्ममा उठाइएको छ । टिनेजरको प्रेमकहानीमा आधारित फिल्म भएपनि नेपाल चलचित्र जाँचपास समितिले ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ ।  मनोज शेरचनले निर्माण गरेको फिल्ममा एना शर्मा उनको जोडीका रुपमा देखिएकी छिन् । मुस्ताङका सुन्दर लोकेसनमा छायांकन गरिएको फिल्मको धेरैले रुचाएका छन् ।
भुवनभन्दा ‘अब्बल’ अनमोल
बाउको बिडो थाम्नुलाई समाजले सकारात्मक रूपमा लिन्छ । बाउको बिडो थाम्नु भनेको पेशालाई निरन्तरता दिनु भन्ने बुझिन्छ । तर, अभिनेता भुवन केसीका छोरा अनमोल केसी बाउको बिडो तलमाथि नपारी थाम्ने पथतिर अग्रसर भएका छन् । रोमान्टिक फिल्ममा सुहाउने मात्रै होइन, सफल पनि बनाउने श्रेय पाएका अभिनेता भुवनजस्तै अनमोल पनि रोमान्टिक भूमिकामा लगातार जसो देखिन थालेका छन् । पहिलो फिल्म ‘होस्टेल’मा त्यस्तै भूमिकामा अभिनय गरेका अनमोलको दोस्रो फिल्ममा उस्तै भूमिका छ । यसैगरी अघि बढ्यो भने ‘रोमान्स किङ’को उपाधिका पाएका बाउलाई पनि उछिन्ने गसिप फिल्मबजारमा मजाकका विषय भइरहेका बेला अनमोल आफूभन्दा अब्बल रहेको भुवनले बताएका छन् । उनले फिल्म ‘जेरी’को विशेष शो हेरेपछि मिडियासँग अनमोल आफू भन्दा दशौं गुना अब्बल रहेको बताएका छन् ।

फिल्ममा यही क्षेत्रमा लामो समय रहेकाका सन्तानहरुको बाहुल्य छ । शीर्ष भूमिकामा रहेका अनमोल भुवनका छोरा हुन् भने त्यसैगरी मुख्य भूमिकामैँ रहेकी एना र अमालिया शर्मा कोरियाग्राफर रचना गुरुङ शर्माकी छोरी हुन् । त्यसैगरी अभिषेकमान शेरचन, एसजेबी रानालगायतका कलाकारले अभिनय गरेका छन् । शैलेन्द्र डि कार्कीले खिचेको फिल्म निर्देशक विसी र सम्राटप्रसाद गौचनले मिलेर लेखेका हुन् ।

Comments