‘सलमानसँग काम गर्न पाउनु भाग्यको कुरा’
screennepal
प्रकाशित: २०७१, २५ कार्तिक मंगलवार
no img

मुम्बई । बलिउडको ‘१०० करोड क्लबकी रानी’ दीपिका पादुकोणले आफ्नाबारे आएका सामाचार इन्कार गरेकी छन् । उनले ‘दबंग खान’ सलमानसँग काम गर्नु आफूले कहिल्यै मरिहत्ते नगरेको बताएकी छन् । दीपिकाले भनिन्, ‘सलमानसँग काम गर्न मरिहत्ते गरेकै छैन, न त आगामी दिनमै गर्नेछु ।’ उनका अनुसार सलमानका साथ काम गर्न भाग्यमा भर पर्नेसमेत बताइन् ।

deepika-padukoneयसअघि सलमानको फिल्म ‘किक’ मा ज्याकलिन फर्नाडिजभन्दा पहिलो दीपिकालाई प्रस्ताव गरिएको थियो भन्ने समाचार आएको थियो । तर, उक्त कुरा दीपिका अस्वीकार गर्छिन् । दीपिकाले ती समाचार हल्लामात्र भन्दै भनिन्, ‘कसैले नभएको कुरा भन्दैमा मलाई केही हुँदैन । प्रस्ताव आए पनि काम गर्नु÷नगर्नु मेरो अधिकार हो । यसो भन्दैमा सलमान खानसँग कामै गर्दिन भन्न खोजेकी होइन ।’ उनले अगाडि थपिन्, ‘वास्तवमा म सलमानसँग काम गर्न चाहन्छु तर, सलमानसँग काम गर्न पाउनु भाग्यमै भरपर्छ । यो हुन पनि सक्छ, नहुन पनि । त्यो दिन आएपछि मात्र थाहा हुन्छ ।’ एजेन्सीबाट

Comments