‘तिम्रो साथ पाए’ पछि कुवेत जाँदै (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, १८ कार्तिक मंगलवार
no img

काठमाडौं । केही साताअघि मात्र ‘तिम्रो साथ पाए’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरेकी गायिका सहिमा श्रेष्ठ कुवेत जाँदैछिन् । उनी किरात याक्थुङ चुम्लुङ कुवेतले आयोजन ागर्न लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन कुवेत जान लागेकी हुन् । सहिमासँगै गायक दीपक लिम्बू पनि कुवेत जाँदैछन् । Deepak_Limbu
७ नोभेम्बरमा आयोजना हुने कार्यक्रमका लागि दीपक र सहिमा बुधरबार त्यसतर्फ उड्दैछन् । दीपकले यसअघि पनि कुवेतमा आफ्नो प्रस्तुती दिइसकेका छन् भने यो सहिमाको पहिलो कुवेत भ्रमण हो । हालै मात्र मलेसियामा सांगीतिक कार्यक्रम गरेर फर्केकी सहिमाले भनिन्, ‘पहिलोपटक कुवेत जान लागेकी हुँ । म एक्साइटेड छु ।’

sahima
सहिमाले आफ्नो तेस्रो एल्बम ‘साहिमाको शृंगार’ मा समेटिएको ‘तिम्रो साथ पाए…’ गीतको म्युजिक भिडियो हिजोआज विभिन्न टेलिभिजन च्यानलमा प्रसारण हूँदै आएको छ । युवराज गुरुङको शब्द तथा महेश खड्काको संगीत रहेको उक्त गीतको भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा सहिमा र कृष्ण अधिकारीले मोडलिङ गरेका छन् ।
‘साहिमा’ र ‘मस्ती’ जस्ता दुई सोलो एल्बमपछि उनले पछिल्लो सयम तेस्रो एल्बमका रुपमा ‘सहिमाको शृंगार’ दर्शक÷श्रोतामाझ पस्केकी हुन् । बिहीबार मात्रै ‘तिम्रो साथ पाएँ’ गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानलमा रिलिज गरेकी सहिमाले आफ्नो नयाँ गीतमा नयाँ स्वाद पस्केकी दावी गरिन् । ‘सहिमाको शृंगार’ एल्बम भने रिलिज भएको छैन । उनले भनिन्, ‘एल्बमको सबै गीत तयारी भइसक्यो । हरेक गीतको छुट्टाछुट्टै म्युजिक भिडियो रिलिज गर्ने र यस वर्षभित्र एल्बम ल्याउने योजना छ ।’ एल्बममा समेटिएका ‘यदि भगवान् भए’ र ‘बारबार जसले दिललाई’ गीतको केही साताअघि मात्र म्युजिक भिडियो सिंगापुर र मलेसियामा छायांकन गरेकी सहिमाले भनिन्, ‘ती गीत मंसिर अन्तिम सातासम्ममा बजारमा ल्याउने छु ।’ सहिमालाई पहिलो एल्बम ‘सहिमा’ को ‘हेरेको हे¥यै हुन्ुछ होला म’ गीतले गायिकाका रुपमा चिनाएका हो ।

http://www.youtube.com/watch?v=PxCe66qY8mw&feature=youtu.be

Comments