‘जहाँ राई इज किङ, त्यहाँ इभ्रिथिङ…!’
screennepal
प्रकाशित: २०७१, १७ कार्तिक सोमबार
no img

राजेशपायलले कतिलाई भनून् ‘आई लभ यु टु …’

-एमपी सुब्बा

काठमाडौं । पछिल्लो समय गायक राजेशपायल राईप्रति एउटा भनाइ नै छ, ‘जहाँ राई इज किङ, त्यहाँ इभ्रिथिङ’ । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक तैमाथि अविवाहित । यति भएपछि ‘इभ्रिथिङ’ नहुने कुरै भएन । उनका हजारौ फ्यान, जो एकपटक ‘आई लभ यु’ नभनिरहन सक्दैनन् । उनका धेरै फ्यान पनि युवती नै छन् । यो कुरा राजेशपायल पनि स्वीकार्छन् । उनी भन्छन्, ‘युवाभन्दा मेरा युवती फ्यान बढी क्रेजी छन् ।’

ra

केही सातादेखि अमेरिकाको विभिन्न सहरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै आएका राजेशपायललाई त्यहाँका फ्यानले पनि ‘आई लभ यू’ भन्न छाडेनन् । न्युर्योकमा प्रस्तुत हुँदा राजेशपायलमाथि ‘आई लभ यू’ को वर्षा नै भयो । कतिलाई फर्काउनु ‘लभ यु टु…’ । त्यसैले हाँसेरै टादैछन् उनी ‘लभ यु’का वर्षाहरु । कतिलाई मुखाले ठिक पार्छन्, र भन्छन्, ‘आई लभ यु टु…।’ यसो भन्नु आफ्नो बाध्यता हो भन्छन् उनी । हुन पनि एक सेलिब्रेटीका लागि फ्यान सबै बराबरी हुन् । ‘तिमीविना बाँच्न सक्दिन’ भनेर रगतले चिठ्ठी लेख्ने फ्यानलाई त हाँसेर टार्दै आएका राजेशपायललाई न्युर्योकको ‘आई लभ यु’ को वर्षाले उनको मन रुझ्यो कि रुझेन ? त्यो उनैले जानून् ।

r

तस्बिरहरु राजेशपायल राईबाट

‘राई इज किङ’ गायक ३१ अक्टुबरमा न्युयोर्कमा ‘मेगा स्टार राजेश पायल राई’ नामक एकल सांगीतिक साँझमा प्रस्ुतत भए , जहाँ उनलाई थामी नसक्नु भयो । न्युयोर्कको अष्टोरियास्थित चियान फेडेरेशन हलमा आयोजित कार्यक्रममा गाइरहँदा उनलाई लभ युको वर्ष भयो । उनले पनि ‘लभ यु टु…’ भन्दै उपस्थितसयौं नेपालीलाई मनोरञ्जनसँगै आफूसँगै नचाए पनि । समासेवी केशवराम राईको संयोजकत्वमा आयोजित कार्यक्रममा गायक राईले चलचित्र र आफ्ना एल्बमका चर्चित दुई दर्जन बढी गीत प्रस्ुतत गरेका थिए । उनका अनुसार दर्शन नमस्ते, नाई न भन्नु ल, धरान धनकुटा भेटेटार, सागर सरी चोखो मायाजस्ता गीत प्रस्तुत गर्दा दर्शक चुप लागेर बस्न सकेनन् । पाश्र्वगायन तथा आधुनिकमा उत्तिकै लोकप्रिय राईले कार्यक्रममा बल्लबल्ल भेट भो आदाङबे, मोहनी लाग्ला है, दिक्तेल बजार, चौबन्दी चोलीले, तिम्रो मुस्कान, नमाग मसँग, छैन तिमी बाहेक, तीन तारा तीनतिर, सिरै फूल, नौजाले मायाले, माथि–माथि लेखबाटजस्ता आफ्ना लोकप्रिय चलचित्र तथा आधुनिक गरी दुई दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए ।

rajesh
अमेरिकाको विभिन्न स्थानमा एक दर्जन बढी कन्सर्ट गरिसकेका राईको मेगा स्टार दोस्रो एकल सांगीतिक कार्यक्रममा थियो । उनी अझै एक महिना अमेरिकामै ब्यस्त हुनेछन् । गायक राईले अनलाइनमा कुरा गर्दै भने, ‘एक महिना पूरै कार्यक्रममै व्यस्त हुनेछु । कार्यक्रम थपिएको थप्पै छ ।’ राईको यो अमेरिकाको दोस्रो सांगीतिक भ्रमण हो । तर, यस अवधिमा उनले त्यहाँ रहेको नेपाली श्रोता÷दर्शकलाई सांगीतिक मोहनी लगाउन सफल भएका छन् । नेपाली समयअनुसार मंगलबार अमेरिकाको मिचिगनमा उनी प्रस्तुत हुँदैछन् । त्यसपछि सानफ्रन्सिको, रोचेस्टर, बोस्टन, साउथ डाकोटा हुँदै क्यानडाको कार्यक्रम भ्याएर नेपाल फर्किने उनले बताए । गायक राईले भने, ‘यी सबै कार्यक्रम भ्याएर नेपाल आउन मलाई एक महिना लाग्ने छ ।’

Note : न्युयोर्कमा रहेका राजेशपायलसँग अनलाइनमा कुराकानीमा आधारित

 

Comments