म्युजिक भिडियोमा मधुरको डेढ दशकको यस्तो अनुभव …!
screennepal
प्रकाशित: २०७१, १३ कार्तिक बिहीबार
no img

काठमाडौं । ‘पर्दा पछाडिका स्टार हुन् मधुर बस्नेत’ यसो भन्दा कुनै फरक पदैन उनलाई । नेपाली कला क्षेत्रमा ‘स्टार’ का लागि कुनै सिमारेखा छैन । तर, लामो समयम निरन्तर सफलता चाखिरहेको छ भने उनलाई ‘स्टार’ भन्दा बात लाग्दैन । हो, मधुर बस्नेत पर्दा पछाडिको स्टार हुन्, जो निरन्तर डेढ दशकयता छायांकार, मोडल र म्युजिक भिडियो निर्देशकका रुपमा एउटै रफ्तारमा हिडिरहेका छन् । तर, उनै मधुर ओझेलमा छन् । मिडियामा जाँदाको आशय नबुझेकाले पनि उनी पछाडि परेका हुन् । मधुर भन्छन्, ‘काम गरिरहेकै छु, किन मिडियामा देखिनु प-योे र भन्ने मेरै सोचले गर्दा ओझेलमा परेको हुँ । अहिले आएर बल्ल मिडियाको महत्वबारे बुझेँ ।’

madhurbasnet
कृष्ण फिल्मस् प्रालिका संस्थापक हुन्, मधुर, जसले लोकगीतको पनि म्युजिक भिडियो बन्छ भन्ने मान्यता कायम ग¥यो । पछिल्लो समय सबैभन्दा बढी लोक तथा दोहोरी गीतकै म्युजिक भिडियो निर्माण हुने गर्छ । छायांकारबाट कलाकारितामा होमिएका मधुरले निरन्तर यसै क्षेत्रमा १८ वर्ष विताइसकेका छन् । यहाँसम्म आइपुग्दा उनी एक सफल मोडल तथा म्युजिक भिडियो निर्देशक कहलिएका छन् । ६ हजारभन्दा बढी म्युजिक भिडियो छायांकन, सम्पादन र निर्देशन गरिसकेका मधुरले भने, ‘करिब दुई दर्जन गीतमा त आफैले मोडलिङ गरेको छु ।’ कुनै समय एकैदिनमा ६ वटासम्म म्युजिक भिडियो बनाएको सुनाउँदै भने, ‘त्यो समयमा एउटा म्युजिक भिडियो ६ हजारमै बन्थ्यो ।’ अहिले भने एउटा म्युजिक भिडियो निर्माण गरेको २ लाख रुपैयाँ लिने गरेको उनले सुनाए । ‘हेर्दाहेर्दै जमाना कहाँ पुग्यो पुग्यो’ उनले भने, ’ उनले भने, ‘त्यो दिन सम्झेर मलाई नै अनौठो लाग्छ ।’
आधाुनिक तथा लोक गीतको भिडियोमा मोडलिङ गर्दै आएका मधुर अभिनीत म्युजिक भिडियोहरु लोकप्रिय पनि छन् । मधुर अभिनीत  कृष्ण देवकोटाको ‘मायाले मा¥यो’, सिन्धु मल्लको ‘कुर्था सुलवार लाउँदा’, विष्णु खत्रीको ‘भरिया दाईले बिसाउँने भारी’, सुरेश अधिकारीको ‘नरुए प्रिय’, सत्यराज आचार्यको ‘जोडेको नाता तोडेर गयौ’ लगायतका करिब दुई दर्जन म्युजिक भिडियो चर्चित छन् । कुसल छायांकारको छवि बनाएका मधुरले ‘बेस्ट मोडल’ का रुपमा थुप्रै अवार्ड तथा सम्मान हात पारिसकेको सुनाए । नेपाल टेलिभिजनमा ‘सुसेली’ नामक सांगीतिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका मधुर भन्छन्, ‘अब राष्ट्रिय गीतको भिडियो निर्माण गर्ने सोच छ ।’ हिजोआज उनले मोडलिङ गर्न भने छाडेका छन् । ‘दुई वर्ष भयो मोडलिङ गर्न छाडेको’ उनले भने, ‘अहिले निर्देशन र छायांकनमै व्यस्त छु ।’

Comments