बिहेपछि बाबु सान्नानी छाडेर सालीतिर (भिडियो हेर्नुहोस्)
screennepal
प्रकाशित: २०७१, १ कार्तिक शनिबार
no img

बाबु बोगटीलाई गायकका रूपमा ‘सान्नानी तिमीलाई हिर्काउँला लट्ठीले’ भन्ने गीतले असाध्यै चर्चित बनायो । त्यसपछि उनले गायनसँगै फिल्म अभिनयलाई पनि अघि बढाए । ‘बाटोमुनिको फूल’, ‘बितेका पल’ लगायत फिल्ममा देखाएको अभिनय क्षमताले अभिनेताका रूपमा पनि उनको तारिफ भयो । उनी अभिनीत अर्काे फिल्म ‘हम जाएगा’ले रिलिजको तारतम्य मिलाइरहँदा उनी गायकको पहिचान पनि सँगै लैजान अघि सरेका छन् । यतिबेला पाँचौँ एल्बम ‘रेस्पेक्ट’ सार्वजनिक गर्ने क्रममा छन् । उनको एल्बमभित्रको एउटा गीत ‘साली ओ साली’ सार्वजनिक भएको छ । ‘सान्नानी’ले चर्चामा ल्याएका गायकले यसपल्ट सालीलाई सम्बोधन गरेर गीत निकाल्नु ‘बाघ कराउनु र बाख्रो हराउनु’को संयोग पनि छ । उनले यही वर्ष विवाह गरेका हुन् । वासुदेव मुनालले लेखेको गीतकी साली बाबुलाई सान्नानी जत्तिकै फाप्लिन् कि नफाप्लिन् ?
भिडियो हेर्नुहोस्

Comments