‘सरी ल’का लागि राजनको क्रियटिभ काइदा
screennepal
प्रकाशित: २०७१, ३१ आश्विन शुक्रबार
no img

काठमाडौं । सिर्जनशील अभिनेता राजन खतिवडाले फिल्म प्रचारमा सिर्जनात्मक तरिका अपनाएका छन् । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सरी ल’का लागि उनले सरीरमा पेन्टिङ गरेर आफूलाई प्रस्तुत गरे ।
rajan-and-suabshफिल्म युनिटले तिहारको शुभकामनाका लागि गरेको पत्रकार सम्मेलनमा फिल्मका कलाकार खतिवडाले शरीरमा कालो र सेतो रंग पोतेर ‘सरी ल’ लेखेका थिए । गायक शिव परियारले गीत गाउँदै गर्दा हलमा भिन्न रुपमा इन्ट्री गरेका थिए राजनले ।
ऋषी लामिछानेको निर्देशनमा बनेको यो फिल्म अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । फिल्ममा सुवास थापा, अनिता आचार्य, राजन खतिवडा लगायतका कलाकारको मुख्य भूमिका छ । त्रिकााणात्मक प्रेम कथामा आधारित फिल्मबाट राजनले फिल्म क्षेत्रसँग राम्रैसित साइनो गाँसिने अपेक्षा गरेका छन् । रंगमञ्चमा कहलिएका अभिनेता राजनले फिल्ममा भने यही फिल्मबाट मुख्य भूमिकामा देखिन थालेका छन् ।

Comments