Sudeep
काठमाडौं । ‘धेरैपछि भेट भो’ गायक सुदीप शाही ठकुरी दसैंको बेला जर्मनीमा भेटिए । नेपाली समाज हेनोभरद्वारा आयोजित दसैं कार्यक्रम प्रस्तुत भएका सुदीपले ‘धेरैपछि भेट भो’ भन्दै उपस्थित नेपाली दर्शकदीर्घालाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा आफ्नो पछिल्लो चर्चित गीत ‘धेरैपछि भेट भो’लगायतका गीत प्रस्तुत गरेको सुदीपले अनलाइनबाट सुनाए । सुदीप आफ्नो पछिल्लो एल्बम ‘विश्वास’ श्रोतामाझ ल्याएर जर्मनीतिर हानिएका हुन् ।
नेपाली समाज हेनोभरका आयोजकमध्ये काजी राना र ईश्वर श्रेष्ठ तथा एनआरएनए जर्मनीका पदाधिकारी उपस्थित कार्यक्रमा आफ्नो प्रस्तुती दिन पाउँदा खुसी लागेको सुदीपले बताए । कार्यक्रमा नेपाली झल्काउने खाना सेलरोटीलगायत विभिन्न नेपाली खानाका परिकार राखिएको थियो ।