राति–राति प्रियंकाको घरमा बबाल गर्ने को ?
screennepal
प्रकाशित: २०७१, २९ आश्विन बुधबार
no img

मुम्बई । फ्यानकै कारण बेला–बेला सेलिब्रेटीले विभिन्न झन्झट बेहोर्नुपर्ने हुन्छ । कुनै फ्यान यस्ता हुन्छन्, जो आफूलाई मनपर्ने सेलिब्रेटीप्रति उ पागल नै बन्छ । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि यस्तै स्थितिको सामना गर्नुपरेको छ ।

?????????????????????????????????????????????????????????
कुरा गएको शनिबारकै हो । त्यो रात प्रियंकाका एक क्रेजी फ्यानले बरेलीथित प्रियंकाको घर बाहिर आएर करिब एक घन्टा बखेडा गरेका थिए । नसाले चेर भएर आएका ती युवकले बारम्बार एउटै कुरा भनिरहन्थे, ‘सरी प्रियंका, सरी प्रियंका ।’ उनले त्योभन्दा बढी बोल्नसमेत सकेका थिएनन् । त्यो युवकले बबाल मच्चाएको एक घन्टापछि मात्र बल्ल प्रहरीले थाहा पाएका थिए ।
प्रहरीका अनुसार ती प्रियंका फ्यान फर्रुखाबादमा बस्छन् र एमबीएसम्म पढेका छन् । तर, उनको काम भनेको अहिले प्रियंकाको पछि लाग्नु भएको छ । प्रियंका घरमा आएकी छिन् भन्ने उनलाई थाहा हुनै हुन्न, राति भएपनि उठेर आइहाल्छन् । त्यो शनिबार रात त्यस्तै भएको हो । त्यहाँ वरिपरीका अनुसार प्रियंका कता जान्छिन्, के गर्छिन् भन्ने सबै कुरा त्यो युवकलाई थाहा हुन्छ । प्रियंकाकै पछि लाग्दा यसअघि पनि त्यो युवकले जेलको चिसो हावा खाइसकेका छन् । यसअघि प्रियंकाको बंगला अगाडि आएर हंगामा मच्चाउँदा प्रहरीले जेलको हावा खुवाएका थिए ।
त्यसो त, प्रियंकाको फर्रुखावादमा अर्को पनि एक यस्ता फ्यान छन्, जो प्रियंका भनेपछि पागल नै हुन्छन् । अंकुर नाम गरेका ती प्रियंका फ्यानलाई जब मुड चल्छ, तब सिविल लाइनस्थित प्रियंकाको बंगला अगाडि आउँछन् र खुलेआम कराउँदै प्रियंकालाई प्रपोज गर्छन् । तिनले १० दिनअघि रातको समयमा आएर त्यस्तै हंगामा मच्चाउन लागेका थिए, तर तुरुन्त प्रहरीलाई सुचना गरेर पठाइएको थियो ।
यसबारेमा अभिनेत्री प्रियंकाले खाशै केही बताएकी छैनन् । तर, उनको टोल छिमेकीका अनुसार फ्यानका कारण केही समययता प्रियंका निकै दिक्क भएकी छन् । बाहिर फ्यान हुन सेलिब्रेटीका लागि सामान्य हो । तर, घरमै राति–राति आएर प्रपोज गर्ने, पागलपन देखाउने जस्ता फ्यानका कारण भने प्रियंका मात्र नभइ अन्य धेरै सेलिब्रेटी दिक्क छन् ।

Comments