म्याग्दीकी रोलिन बनिन् ‘मिस नेसनल क्वीन’ (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, २६ आश्विन आईतवार
no img

IMG_4218

काठमाडौं । म्याग्दीकी रोलिन थापा ‘चौथो मिस नेसनल क्वीन’ बन्न सफल भएकी छन् । एभरेष्ट फेसन होमद्वारा शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस नेसनल क्वीन–२०१४’ को ताज चुम्दै रोलिनले भनिन्, ‘मेरो एउटा उद्देश्य पूरा भएको छ ।’ १९ प्रतिस्पर्धीलाई उछिन्दै रोलिनले ताज आफ्नो पोल्टामा पारेकी हुन् ।
विभिन्न सांस्कृति कार्यक्रमसहित आयोजित प्रतियोगितामा काठमाडौंकी मोनिता श्रेष्ठ फस्ट रनरअप र ललितपुरकी अविनी दीक्षित सेकेन्ड रनरअप भए । प्रतियोगिताको शीर्ष तथा रनर विजेताहरुलाई प्रमाण पत्र र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । सन् २०११ देखि एभरेष्ट फेसन होमले सुरु गरेको ‘मिस नेसनल क्वीन’ को यस चौथो संस्करणमा देशका विभिन्न स्थान र सहरबाट आवेदन दिएकामध्ये अन्तिम स्पर्धाका लागि २० युवती छनोट भएका थिए ।

IMG_4543
प्रतियोगितामा विभिन्न टाइटल उपाधि पनि प्रदान गरिएको थियो । जसअन्र्तगत सुस्मा लामा बेस्ट फ्रेन्डशिप, कृति सिंह बेस्ट क्याटवाक, मन्दिरा न्यौपाने बेस्ट ट्यालेन्ट, भावना महर्जन पर्सनालिटी र रोहिनी थापाले बेस्ट फोटो जेनिकको उपाधि पाएका छन् । त्यस्तै, बेस्ट हेयर रोजिना ढकाल, डिस्प्लिन संगीता श्रेष्ठ र भ्युअर्स च्वोइजको अवार्ड सिर्जना श्रेष्ठले पाए ।

IMG_4450
पुनम पौडेल, डा. पुजा जसवाल, समाजसेवी सुस्मा कार्की, अभिनेता नवल खड्का र खगेश रञ्जितकार निर्णायक मण्डल रहेको कार्यक्रममा गायक देवराज आले मगर, गायिका सहिमा श्रेष्ठ र असुतोष लामाले गीतसंगीत पस्केर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए भने नेपाल डान्स एकेडेमीका कलाकारले हिपअप डान्स देखाएका थिए । आयोजक संस्थाकी अध्यक्ष रञ्जिता लामाले युवतीहरुको प्रतिभा प्रस्फुटन तथा प्लेटफर्म प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको सुरुवात गरेको बताइन् । उनले निरन्तर प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्नलाई सहयोग गर्ने प्रायोजक तथा प्रतियोगीहरुलाई धन्यवाद समेत दिइन् ।

IMG_4412

IMG_4333

IMG_4349

Comments