मिस नेशनल क्वीनको ट्यालेन्ट सो (फोटो फिचर)
screennepal
प्रकाशित: २०७१, २१ आश्विन मंगलवार
no img

 

IMG_0159

काठमाडौं । ‘मिस नेशनल क्वीन–२०१४’ का प्रतियोगीले सोमबार राजधानीमा आ–आफ्नो प्रतिभा देखाए । ‘ट्यालेन्ट राउन्ड’ अन्र्तगत प्रतियोगितामा सहभागी २० स्पर्धीले प्रतिभा देखाएका हुन् । एभरेष्ट फेसन होमद्वारा आयोजित ‘मिस नेशनल क्वीन’ मा १६ देखि २५ वर्ष उमेर समूहका २० जना युवती अन्तिम स्पर्धाका लागि करिब एक महिनायता प्रशिक्षणरत छन् ।

IMG_0217
‘ट्यालेन्ट सो’ मा प्रतियोगीले गायन, नृत्य, प्रहसन, वक्तृत्वकलालगायतका प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट सोको निर्णय अन्तिम स्पर्धामा घोषित गरिने छ । आयोजक संस्थाकी अध्यक्ष रञ्जिता लामाका अनुसार एक महिने प्रशिक्षण अवधिमा विभिन्न स्थानको अवलोकन गराएको थियो । कार्यक्रमको अन्तिम स्पर्धा शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

 

IMG_0043

तस्बिर : शिवलाल श्रेष्ठ

Comments