गायत्रीको ‘माया’ मा केकी (भिडयोसहित)
screennepal
प्रकाशित: २०७१, ९ आश्विन बिहीबार
no img

काठमाडौं । गीतकार तथा गायिका गायत्री थापाले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गायत्रीले आफ्नो दोस्रो आधाुनिक गीति एल्बम ‘सपना’ को ‘माया माया’ गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

gaytri thapa

गीतकार तथा गायिका गायत्री थापा ।

लक्ष्मण पौडेलले निदैृशन गरेको उक्त म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र किरण श्रेष्ठले मोडलिङ गरेका छन् । गायत्रीको ‘माया माया’ शब्दरचनामा गायक स्वरुपप आचार्यको मिठास स्वर सुन्न सकिन्छ भने केकी र किरणको अभिनयले गीतलाई झनै उत्कृष्ट बनाएको छ । दुई दिनअघि यु–ट्युबबाट सार्वजनिक गरिएको उक्त भिडियो श्रोता/दर्शकले निकै रुचाएको गीतकार तथा गायिका गायत्रीले सुनाइन् । उनका अनुसार यु–ट्युबमा ‘माया माया’ रुचाउँने दर्शक/श्रोता दिनदिनै बढिरहेका छन् । ‘सपना’ एल्बम भने दशैंपछि मात्र रिलिज गर्ने गायत्रीले सुनाइन् । उनले भनिन्, ‘एल्बम नै नल्याए गीत चर्चामै आइसकेको छ । तैपनि औपचारिकता दिनलाई दर्शंपछि रिलिज गर्दैछु ।’ शिव दर्शन डिजिटलको प्रस्तुति रहेको ‘सपना’ गायत्रीको आधुनिकतर्फ दोस्रो भने एल्बम संख्याको रुपमा पाँचौ हो ।

Comments