बालबालिकाका लागि गायन–नृत्य स्पर्धा हुने
screennepal
प्रकाशित: २०७१, २ आश्विन बिहीबार
no img

काठमाडौं । बालबालिकाको प्रतिभा उजागर हेतुले राजधानीमा ‘एक्टिभ किड्स डान्सिङ एण्ड सिंगिङ कम्पिटिसन २०१४’ हुने भएको छ । २९ कार्तिकमा जमलस्थित राष्ट्रिय नाँचघरमा हुने यो कार्यक्रम एक्टिभ स्कुलले गर्न लागेको हो ।

ananda-karki-anil-shahi-sapna-rani-joshi-binayak-das-shrestha 1

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्कुलकी प्रमुख उमा श्रेष्ठले दुई समूह विभाजन गरेर प्रतियोगीको अडिसन लिइने बताइन् । ‘५ देखि ९ र १० देखि १५ वर्ष उमेर समूहमा बालबालिकालाई विभाजन गरि अडिसन लिनेछौं, ‘उनले भनिन्, ‘जसले गर्दा उमेर समूहका बालबालिकाको प्रतिभा पनि हेर्न सजिलो हुनेछ ।’ प्रतियोगिताको विजेताले १५ हजार रुपैंयाँसहित ट्रफी, सर्टिफिकेट तथा उपविजेताले १० हजार रुपैंयाँसहित ट्रफी र सर्टिफिकेट प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने बालबालिकाले जुनसुकै भाषाका गीत तथा शैलीमा नृत्य प्रस्तुत गर्न सक्ने बताइएको छ । साथै, गायनमा उत्कृष्ठ हुनेले एक एल्बममा गायनको मौका प्रदान गरिने आयोजकले जनाएको छ । नृत्यमा उत्कृष्ठ हुनेले भने साल्सा डान्स एकेडेमीमा एक महिनाको निशुल्क साल्सा बिगिनर्स कक्षा लिन पाउने छन् ।
आयोजकका अनुसार फाइनल प्रतियोगितामा गायिका मिरा राणा, गायक कार्की, गीतारवादक अनिल शाही, साम्बा कोरियोग्राफर श्रेष्ठ र कोरियोग्राफर सुविमा श्रेष्ठ जुरीका रुपमा रहने भएका छन् । प्रतियोगिताको लागि दशैंपछि अडिसन हुनेछ ।

 

Comments