काठमाडौं । गायिका सहिमा श्रेष्ठले आफ्नो नयाँ गीत ‘बार बार जसले दिललाई’ र ‘यदि भगवान मेरो सामु आए’ म्युजिक भिडियो सिंगापुर र मलेसियामा छायांकन गरेकी छन् । जसमा ‘बार बार जसले दिललाई’ म्युजिक भिडियोमा उनैले मोडलिङ गरेहकी छन् ।
समन अधिकारीले निर्देशन गरेको उक्त भिडियोको छायांकन सिंगापुर र मलेसियामा गरिएको हो । साथै, सहिमाले आफ्नो अर्को गीत ‘यदि भगवान मेरो सामु आए’ को छायांकन मलेसियाको विभिन्न स्थानमा गरेकी छन् ।
म्युजिक भिडियो सुटिङका लागि केही दिनअघि सहिमा, उनकी दिदी मधु श्रेष्ठका अलावा निर्देशक सुमन र मोडल सुप्रिया कटवाल मलेसिया पुगेका थिए ।