कुनैैले नाटक देखाए, कसैैले कम्मर मर्काए (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, २९ भाद्र आईतवार
no img

E

काठमाडौं । ‘टिभिएस जुपीटर मिस ई–कलेज–२०१४’ को प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाए । कलेजस्तरका युवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र उपयोगिताबारे मार्ग निर्देशन दिने उद्देश्यसहित आयोजना हुँदै आएको प्रतियोगितामा २५ युवती स्पर्धा गरिहेका छन् । उनीहरुले शनिबार राजधानीमा ‘ट्यालेन्ट राउन्ड’अन्तर्गत नृत्य, अभिनय, प्रहशनलगायतका प्रतिभा देखाए ।

D
आन्तरीक प्रतिभा प्रर्दशनीको निर्णायकमा मिस ई–कलेज २०१२ की विजेता गृष्मा वस्नेत, २०१३ की विजेता प्रज्ञा लामिछाने तथा कोरीयोग्राफर रोजिन शाक्य थिए । कार्यक्रममा प्रसंसा पौड्याल भोजपुरी गितमा नृत्य प्रर्दशन गरेकी थिइन भने ,संस्कृति चालीसे, गरिमा ओस्ती, श्रेर्या पाण्डे, सचिना खड्का, जोती खड्का, वर्षा धितालले माइतिघर बोलको गीतमा नृत्य प्रस्तुत गरे भने संगीता कार्कीले नाटक प्रर्दशन गरेकी थिइन् ।

A
यस्तै, संवृदीले फुलको आखामा गीत गाएकी थिइन् भने सरोज कुमारी र आरती चौधरीले वर्तमान अवस्थामा नेपालीको भविष्यको वारेमा आफ्नो धारणा राखेका थिए । त्यस्तै पल्मा थकाली, सृष्टी श्रेष्ठ, सुरक्षा गुरुङ, जस्मिन तामाङ र इन्जुला श्रेष्ठले पनि रिमिक्स नेपाली गीतमा कम्मर मर्काइन् भने निकिता तामाङ जाङ्मु सेर्पा अस्पु थापाले तामाङ सेलोमा नृत्य गरेका थिए । सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगिताको अन्तिम स्पर्धा ३ असोजमा राष्ट्रिय नाचघर जमलमा हुनेछ ।
G

Comments