मिस नेशनलमा २५ युवती छनोट
screennepal
प्रकाशित: २०७१, २९ भाद्र आईतवार
no img

IMG_0052

काठमाडौं । ‘मिस नेशनल क्विन–२०१४’ का लागि २५ युवती छनोट भएका छन् । शनिबार राजधानीमा भएको अडिसनमा अन्तिम स्पर्धाका लागि ती प्रतियोगी छनोट भएका हुन् । प्रतियोगिताका लागि देशका विभिन्न स्थानबाट ३६ जनाले आवदेन दिएका थिए, जसमध्ये २५ जना छनोट भएको आयोजक संस्था एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले बताइन् । यो मिस नेशनल क्विनको तेस्रो संस्करण हो ।

IMG_0024
अडिसनमा ल्ग्यामर फोटोग्राफर शिवलाल श्रेष्ठ, पूर्व मिस नेशनल क्विन रजनी थापा, ब्युटिसियन शान्ती श्रेष्ठ, रेशम लामालगायत निर्णायक थिए । १६ देखि २५ वर्ष उमेर समूहका युवतीले सहभागी जनाउन पाउने प्रतियोगिताका लागि आयोजकले देशभरबाट आवेदन माग गरेको थियो । अडिसनमा छनोट भएकाहरुलाई एक महिनासम्म विभिन्न आत्मविकाससम्बन्धी प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम स्पर्धा २५ असोजमा राष्ट्रिय नाचघर जमलमा हुने आयोजक संस्थाकी अध्यक्ष लामाले बताइन् ।

Comments