सञ्चो नभएर गाउन नसक्दा गलत आरोप लाग्यो : अञ्जु पन्त
screennepal
प्रकाशित: २०७१, २३ भाद्र सोमबार
no img

anju

काठमाडौं । गायिका अञ्जु पन्तले आफूबारे कुप्रचार भएको बताएकी छन् । केही दिनअघि  हिन्दुवादी शब्द भएर गीत नगाएको भन्ने लागेको आरोप सरासर गलत भएको उनको भनाइ छ । शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतसँगको भेटमा अन्जुले भनिन, ‘मलाई सन्चो थिएन । त्यसैले मेरो दिदीको छोराले मलाई स्टुडियोसम्म पुराएको थियो । मलाई गीत कस्तो छ भन्ने समेत थाहा थिएन । स्टुडियोमा गएपछि गीत सुन्दा स्केल हार्इ  रैछ ।  मेरो घाँटीले साथ दिएन अनि गाउन सकिनँ । अर्को दिन गाउँछु भाई भनेर घर फर्किएँ ।  तर, घर फर्किन नपाउदै अनेक प्रकारका हल्लाहरु सुन्नुप¥यो ।  मैले दुर्गा माता शब्द भएकै कारण गीत नगाएकी हैन । सबै धर्मलाई समान आँखाले हेरेको बताउँदै अन्जुले भनिन्, ‘म जुन संस्कारमा हुर्कें, मैले आज पनि हिन्दुधर्मलाई उत्तिकै सम्मान गर्दछु ।’

उनले शिवसेनाले आफ्नो सम्पूर्ण कार्यक्रममा अबरोध गर्न अपिल गरेको हुनाले उक्त अपिल फिर्ता लिन समेत अञ्जुले आग्रह गरेकी छन् । उनले भनिन्, ‘मैले गर्दा हिन्दु धर्माबलम्बीलाई चोट परेको भए क्षमा चाहन्छु । तर, मैले त्यस्तो कुनै कार्य गरेकी थिइनँ । र, कहिल्यै गर्ने छैन पनि ।’

Comments