नौ वर्षपछि फर्किदैछन् निर्णय
screennepal
प्रकाशित: २०७१, २२ भाद्र आईतवार
no img

काठमाडौं । -याप गीत गाएर ख्याति कमाएका निर्णय द एनएसके केही वर्षयता निष्क्रियझैँ थिए । तर, अब उनी आफ्नो नयाँ म्युजिक भिडियोका साथ स्रोतामाझ उपस्थित भएका छन् ।

unnamed

भिडियो निर्देशक शैलेन्द्र खोखाली, गायिका अक्षता र निर्णय

‘नौ वर्षपछि मुभिङ म्युजिक भिडियो बनाएको छु,’ उनले भने, ‘यसअघि एक–दुइटा स्टिल म्युजिक भिडियोमात्रै गरेको थिएँ ।’ निर्णयले गायिका अक्षताको साथमा ‘ह्पाप्पी बर्थडे’ बोलको गीत गाएका छन् ।

unnamed (1)

यसको भिडियो पूरै ब्ल्याक एन्ड ह्वाइट भएको पनि उनले खुलाएका छन् । यसको म्युजिक भिडियो शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् ।

 

Comments