लोकदोहोरी अवार्ड : केशरीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
screennepal
प्रकाशित: २०७१, २० भाद्र शुक्रबार
no img

DSC_4702

काठमाडौं । ‘तेस्रो राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७१’ मा ’बाट जनकवी केशरी धर्मराज थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । थापालाई नगद १५ हजारसहित सम्मन गरिएको थियो । प्रज्ञा प्रतिष्ठानमा शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितीले आयोजना गरेको कार्यक्रममा विभिन्न  विधामा अवार्ड वितरण गरिएको थियो । सर्वाेत्कृष्ट गीत ‘अमेरिका यही’ भएको छ भने गायकगायिकामा राजमजी खाँड र पूर्णकला विसी उत्कृष्ट ठहरिएका छन् , कार्यक्रमा लोकदोहारी पत्रकारिता पुरस्कारबाट गोविन्द गिरीलाई सम्मानीत गरिएको छ ।

DSC_4949
यस्तै, दशक गायकको सम्मानबाट मिलन लामालाई सम्मानीत गरिएको छ । लोकगीत क्षेत्रका चर्चित गायक तथा गायिका तथा कलाकार उपस्थित समारोहमा उत्कृष्ट लोकदोहारी मोडल महिला विधाबाट पूर्णिमा श्रेष्ठ र पुरुषतर्फ महेन्द्र गौतमले अवार्ड पाए भने लोकदोहोरी शब्दतर्फ शिव सुवेदी, लयतर्फ सहदेव कोइराला र लोकदोहोरी म्यूजिक भिडियो निर्देशकको विधामा कपिल लामाले अवार्ड प्राप्त गरेका छन्
यस्तै सर्वोत्कृष्ट लोकगीततर्फ हिमाल घले, प्रतियोगी गायक प्रदीप रोक्का, प्रतियोगी गायिका हरिमाया रायमाझी, संगीत संयोजन तारानाथ आचार्य, रेकडिङ कुमार राना, छायांकार राजेश घिमिरे र वाध्यवाद्यकतर्फ यमन थापामगरले अवार्ड पाएका छन् भने लोकदोहोरी साँझ गायक तारपत्ती सुवेदी र गायिकातर्फ मनमाया वाइवाले उत्कृष्ट भए । कार्यक्रममा लोकदोहारी नव–गायकको अवार्ड हेमन्त आलेले पाएका छन् भन् नव–गायिकाको अवार्ड सावित्री परियारले पाइन् । मोडलतर्फ महेन्द्र गौतम र पूर्णिमा श्रेष्ठले अवार्ड पाए ।

 

Comments