५ दिनलाई ४ कलाकार कोरिया जाँदै
screennepal
प्रकाशित: २०७१, २० भाद्र शुक्रबार
no img
bishnu

विष्णु चेम्जोङ

काठमाडौं । ‘हट लोकगायिका’ ज्योति मगरले दक्षिण कोरियामा आफ्नो ‘पिरतीको दम’ देखाउने भएकी छन् । आफ्नो पछिल्लो एल्बम ‘पिरतीको दम छ’ बाट हाल हटलिस्ट गायिको सुचिमा रहेकी ज्योतिले कोरियामा बस्दै आएका नेपालीमाझ आफ्नो दम प्रस्तुत गर्नेछिन्, जसका लागि शुक्रबार राति ११ बजे त्यसतर्फ जाँदैछिन् । उनीसँगै गायिका विष्णु चेम्जोङ, हास्य कलाकार विल्सनविक्रन राई ‘तक्मेबुढा’ र गायक सविन राई पनि जाँदैछन् । धरान–कोरिया सहयोग समाजको निम्तोमा उनीहरु पाँच दिनका लागि कोरिया जान लागेका हुन् । ज्योतिले भनिन्, ‘हामी चार÷पाँच दिनमै फर्किन्छौं ।’

jyoti magar

ज्योति मगर

wilson

विल्सनविक्रम राई

sabin

सविन राई

पूर्वनेपाल स्टार समेत रहेकी गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ अभिनीत चलचित्र ‘निशानी’ अर्को साता रिजिल हुँदैछ । सो चलचित्रको प्रमोसन नै छाडेर विष्णु कोरिया जाँदैछिन् । तर, विष्णुमा आफू कोरिया जाँदैमा ‘निशानी’ लाई कुनै असर नपर्ने बताइन् । उनले भनिन्, ‘मैले जति गर्नुपर्ने गरेकै जान लागेकी हुँ  र रिलिजकै समयमा फर्किन्छ । त्यसैले असर पर्दैनजस्तो लाग्छ । ‘निशानी’ विष्णुका लागि मात्र नभई चलचित्रका निर्देशक विनोद सेरेङ, कलाकार प्रेम सुब्बालगायत निर्माणपक्षकै महत्वकांक्षी चलचित्र हो ।

 

 

 

 

Comments