बेश्याबृत्तिको आरोपमा अभिनेत्री श्वेता पक्राउ
screennepal
प्रकाशित: २०७१, १८ भाद्र बुधबार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्री श्वेता प्रसाद बेश्याबृत्तिको आरोपमा पक्राउ परेकी छन् । उनलाई आइतबार नै प्रहरीले पक्राउ गरेको जनाइएको छ । बालकलाकार हुँदै अभिनेत्री बनेकी श्वेतालाई हैदराबादको बञ्जारा हिल्सस्थित पार्क हयात होटलबाट रंगे हात पक्राउ गरेको थियो ।

swetha-basu-prasad-
श्वेताले फिल्म ‘मकड़ी’ र ‘इकवाल’ मा अभिनय गरेपछि बलिउडमा पहिचान बनाएकी हुन् । पछिल्लो समय श्वेता तेलुगु फिल्ममा व्यस्त छिन् । समाचारमा जनाइएअनुसार श्वेतालाई ‘टास्क फोर्स पुलिस’ ले गिरफ्तार गरेको हो ।
एक छापा मार्नेक्रममा श्वेतालाई रंगे हात पक्राउ गरेको एक प्रहरी अधिकारीले बताएका छन् । बेश्याबृत्ति आरोपमा श्वेता पक्राउ परेको यो दोस्रो पटक हो । श्वेताले यसबारे भारतीय अंग्रेजी पत्रिका ‘डेक्कन क्रोनिल’ सँग भनेकी छन्, ‘बेश्याबृत्ति गर्नु मेरो रहर होइन, बाध्यता हो किनकि, मैले आफ्नो परिवार पाल्नुपर्छ ।’ उनले आफ्नो करिअरका क्रममा गलत निर्णय गरेको र अहिले आएर फसेको समेत यी अभिनेत्रीले बताएकी छन् । श्वेता सन् २००२ मा चर्चामा आएकी थिइन् । उनले त्यो समय फिल्म ‘मकड़ी’ मार्फत सर्वश्रेष्ठ बाल कलाकारमा नेशनल फिल्म अवार्डसमेत पाएकी थिइन् ।

Comments